Madhes Khabar
अर्थतन्‍त्र

श्रम ऐन लागू गर्न माग गर्दै वीरगन्जमा मजदुर नेताहरुकाे प्रदर्शन

वीरगन्ज ,४ असार : अखिल नेपाल ओैद्याेगिक मजदुर संघ र अखिल नेपाल सेक्युरिटी मजदुर संघले श्रम ऐन पुर्णरुपमा कार्यान्वयनकाे माग गर्दै वीरगन्जस्थिति विभिन्न निकायमा ज्ञापनपत्र बुझाएकाे छ ।

श्रमिकहरुको सम्मानजनक तलक बृद्धी , नियमित काममा नियमित र‍ोजगार सम्झौता गरी काममा लगाउनुपर्ने सहित श्रम ऐन कानुन कार्यान्वयन गर्न अखिल नेपाल औद्योगिक मजदुर संघले गत चैत १६ गते श्रम मन्त्रालय ,नेपाल उद्योग वाणिज्य महासंघ र श्रम विभागमा ज्ञापनपत्र बुझाएको थियाे ।

तर ती माग पूरा गर्न सुनुवाई नभएपछि साेमबार संघकाे मधेस प्रदेश समितिले वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय , श्रम कार्यालय र वीरगन्ज उद्योग वाणिज्य संघमा पुगेर ज्ञापनपत्र बुझाएको संघका नेता बेनि प्रसाद तिमाल्सिनाले बताए ।

साेमबार दिउँसो वीरगन्जको घणटघरमा मजदुरहरु भेला भएर त्यहाँबाट जुलुश निमालेर तीन वटै निकायमा पुगी ज्ञापनपत्र बुझाइएको तिमिल्सिनाले बताए ।

ज्ञापनपत्रमा उल्लेख मागहरु तत्काल माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत संघले दिएकाे छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लाल बहादुर पटेल, अक्षय कुमार ओझा ,गजाधर पटेल, कृष्ण प्रसाद पुडासैनी, टुनटुन तिवारी, मदन साह ,धर्मेन्द्र ठाकुर ,रुपनारायण सिंह लगायतको सहभागीता रहेको थियो ।

Related posts

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघद्धारा मन्त्री यादवलाई धन्यवाद

MadhesKhabar

निजगढ विमानस्थल निर्माणको निर्णयबाट पछि नहट्ने सरकारको अडान, काम अगाडि बढाउन संसदीय समितिको निर्देशन

MadhesKhabar

Leave a Comment