Madhes Khabar
कृषि मधेस प्रदेश

मधेसका किसानलाई कार्ड वितरण र निःशुल्क विद्युत

जनकपुरधाम,१असार : मधेस प्रदेश सरकारले किसानलाई कार्ड वितरण गर्दै विदेश भ्रमणका लागि बजेट विनियोजन गरेको छ । ‘हरेक खेतमा पानी, किसानलाई आम्दनी’ अभियानअन्तर्गत सिँचाइका लागि नि:शुल्क विद्युत् सेवा उपलब्ध गराउन ४० करोड रुपैयाँ आगामी आर्थिक वर्षकाे बजेटमा मधेस सरकारले विनियोजन गरेको छ ।

मधेस प्रदेशको कल्चर एग्रिकल्चर भएकोले यहाँका युवालाई कृषिमा लाग्न प्रोत्सान गर्ने, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड, नमुना कृषि खेतीका लागि १० करोड, कृषिमा आत्मनिर्भर हुन १० वर्षे गुरुयोजना बनाउन ५० लाख, डिप बोर्डिङ सञ्चालन गर्न ३० करोड, कृषिउपज बजार सेड निर्माणका लागि २ करोड ४० लाखसहित आगामी आर्थिक वर्ष २०८०/८१ मा कृषिका लागि २ अर्ब ६२ करोड ८५ लाख २७ हजार बजेट अर्थमन्त्री सञ्जय यादवले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।साभार:इकान्तिपुर

Related posts

गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

MadhesKhabar

देवतालमा स्थगीत मतदान सुचारु

MadhesKhabar

यसवर्ष नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ

MadhesKhabar

Leave a Comment