
मधेसखबर
वीरगन्ज ,३० बैशाख :बाराको देवताल गााउपालिका वडा नम्बर ७ मा रोकिएको मतदान फेरि शुरु भएको छ ।
शुक्रबार बिहान ८ बजे देखि रोकिएको मतदान करिब डेढ घण्टा पछि बिहान साढे ९ बजे देखि सुचारु भएको हो ।
वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी बिच झडप भएपछि बिहान ८ बजे देखि मतदान स्थगीत भएको थियो ।
झडपमा दुर्व दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घाइते पनि भएका थिए । प्रहरीका अनुसार , लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक बृद्ध मतदाताको मतपत्र लिएपछि त्यहि विषयलाइ लिएर काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समुहले विरोध गरेपछि विवाद भइ झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।
मतदान स्थगीत भएको खबर पाएपछि जिल्ला सुरक्षा निकायका प्रमुखहरुले मतदान केन्द्रमा पुगेर मतदान सुचारु गराएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

