Madhes Khabar
समाचार

बारामा स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एक जना पक्राउ

बारा, जेष्ठ ३० गते : बारामा मंगलबार सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँ सहीत एक जनालाई पक्राउ गरेकाे छ ।

बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर १ खेखरिया नाकाबाट सशस्त्र प्रहरीकाे बाेर्डर आउट पाेष्ट बरैनियाको टोलीले स्राेत नखुलेकाे नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेकाे हाे ।पक्राउ परेका व्याक्तिकाे परिचय सशस्त्र प्रहरीले खुलाएकाे छैन ।

मंगलबार सिमावर्ती गाँउबाट भारतिय नम्बरको मोटरसाइकलमा आइरहेका ती व्याक्तीलाई सशस्त्र प्रहरीले खेखरियामा राेकेर चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली १५ लाख रुपैया फेला परेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

स्राेत खुल्न नसकेकाे उक्त रकम र माेटरसाइकलसहित ती व्याक्तिलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

MadhesKhabar

बारा बस दुर्घटना अपडेट : बाराकी थप १ बालिकाको मृत्यु , मृतकको संख्या १७ पुग्यो

MadhesKhabar

वीरगन्जको कुम्हाल टोलको एक घरमा सशस्त्र प्रहरीको छापा, ८ लाखको कपडा बरामद

MadhesKhabar

Leave a Comment