Madhes Khabar
स्थानिय

वीरगन्जमा विद्युत आपुर्तिको समस्या तत्काल समाधान गर्न कांग्रेसको माग

वीरगन्ज, २६ जेष्ठ : व्रिगन्ज र यसआसपासको क्षेत्रमा अनियमित विद्युत आपुर्तिका कारण सर्वसाधरण र उद्योगी व्यपारीमा परेको समस्या बारे नेपाली कांग्रेसले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

पर्सा क्षेत्र नम्बर १ प्रदेश (ख) का कांग्रेस सभापति अनिल सिंहसहितका नेताकार्यकर्ताहरुले शुक्रबार नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेलाई भेटेर ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

अहलेको प्रचण्ड गर्मीले सर्वसाधरणको जनजिवनका साथै यहाँको उद्योग व्यपारपनि प्रभावित भइरहेका बेला अनियमित विद्युत कटौतीले झन् पिडा थपिएको भन्दै कांग्रेसले विद्युत आपुर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको छ ।साथै ममर्त वा अन्य कामका लागि विद्युत आपुर्ति कटौती गर्नै परे उपभोक्तालाई पुर्व सूचना दिएरमात्रै विद्युतती आपुर्ति कटौती गर्नुपर्ने कांग्रेसको माग छ ।

ज्ञापनत्र पत्र बुझाउन गएको टोलीमा कांग्रेसका प्रदेश क्षेत्रका सभापति अनिल सिंह , नगर सचिव श्याम पटेल , सहसचिव सज्जाद हुसेन , प्रदेश क्षेत्र उपसभापति प्रेम पटेल , प्रदेश सदस्य हरेन्द्र यादव, रामनिवास यादव , सुरेन्द्र लामिछाने ,वडा नम्बर १६ का कांग्रेस सभापति बाबुनन्द चौरसिया , वडा नम्बर ११ कांग्रेस सभापति महेश्वर महत्तो लगायतकोपनि सहभागीता थियो ।

Related posts

तस्करी गरी वीरगन्जमा ल्याइएका ५१ लाख भन्दा बढीकाे कम्प्युटर र ल्यापटप प्रहरीद्वारा बरामद 

MadhesKhabar

बिन्दवासिनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहलाई जनप्रतिनिधी र कर्मचारीले गरे स्वागत

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल

MadhesKhabar

Leave a Comment