वीरगन्ज ,१०जेष्ठ : पर्साकाे सदरमुकाम वीरगन्जदेखि छिपहरमाई गाँउपालिकाकाे भिस्वासम्म यात्रु ओसार्ने ट्याम्पुकाे भाडा दर घटेकाे छ ।
प्रदेश नम्बर-२ टेम्पो संचालन कम्पनी प्रा.लि.ले ट्याम्पुकाे भाडादर बुधबारदेखि लागुहुने गरि घटाएकाे हाे ।
यसअघि वीरगन्जदेखि भिस्वासम्मकाे ट्याम्पु भाडादर प्रति यात्रु १५० रुपैयाँ रहेकाेमा बुधबारदेखि भने १३० रुपैयाँ मात्र लिने निर्णय गरिएको प्रदेश नम्बर -२ ट्याम्पु संचालन कम्पनी प्रा.लि. का अध्यक्ष जलेश्वर सर्राफले जानकारी दिए ।
बुधबार सरार्फकै अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हाे। बैठकमा कम्पनी मातहत रहेका ट्याम्पु चालकहरुकाेपनि सहभागीता रहेकाे थियाे ।
ग्रामीण भेगका सर्वसाधारणहरुको माग तथा अनुरोधमा भाडादर घटाउने निर्णय गरिएकाे अध्यक्ष सरार्फले बताए ।