Madhes Khabar
स्थानिय

वीरगन्जदेखि भिस्वासम्मकाे ट्याम्पु भाडादर घट्याे

वीरगन्ज ,१०जेष्ठ : पर्साकाे सदरमुकाम वीरगन्जदेखि छिपहरमाई गाँउपालिकाकाे भिस्वासम्म यात्रु ओसार्ने ट्याम्पुकाे भाडा दर घटेकाे छ ।

प्रदेश नम्बर-२ टेम्पो संचालन कम्पनी प्रा.लि.ले ट्याम्पुकाे भाडादर बुधबारदेखि लागुहुने गरि घटाएकाे हाे ।

यसअघि वीरगन्जदेखि भिस्वासम्मकाे ट्याम्पु भाडादर प्रति यात्रु १५० रुपैयाँ रहेकाेमा बुधबारदेखि भने १३० रुपैयाँ मात्र लिने निर्णय गरिएको प्रदेश नम्बर -२ ट्याम्पु संचालन कम्पनी प्रा.लि. का अध्यक्ष जलेश्वर सर्राफले जानकारी दिए ।

बुधबार सरार्फकै अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हाे। बैठकमा कम्पनी मातहत रहेका ट्याम्पु चालकहरुकाेपनि सहभागीता रहेकाे थियाे ।

ग्रामीण भेगका सर्वसाधारणहरुको माग तथा अनुरोधमा भाडादर घटाउने निर्णय गरिएकाे अध्यक्ष सरार्फले बताए ।

Related posts

स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई

MadhesKhabar

वीरगन्जमा `युवा’ द्वारा सञ्चालित ‘यूथ एक्सेस’ परियोजनाको दातृ निकायद्वारा अनुगमन

MadhesKhabar

पर्सा जिल्लाका पालिकाहरुमा भइरहेका भ्रष्टचारहरुको पर्दाफास गर्ने जेनजी युथ फोर्सको निर्णय

MadhesKhabar

Leave a Comment