Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जमा किसान महासंघको मधेस अधिवेशन सम्पन्न : अध्यक्षमा चाैधरी चयन

वीरगन्ज ,२३जेष्ठ : नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको मधेस प्रदेशकाे अध्यक्षमा निरञ्जन चाैधरी चयन भएका छन् ।वीरगन्जमा सम्पन्न महासंघको मधेस प्रदेशको प्रथम अधिवेशनले चाैधरीकाे अध्यक्षतामा ५१ सदस्यीय महासंघको मधेस प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे ।

महासंघको मधेस प्रदेश उपाध्यक्षमा आशिकी कुमारी गिरि र पुरनदेव चाैधरी, सचिवमा रामप्रसाद घिमिरे , उपसचिवमा रामेश्वर साह र अञ्जना पन्त , काेषाध्यक्षमा सुलेखा अग्रवाल तथा सदस्यहरुमा जयप्रकाश गुप्ता ,बचनदेव पञ्जियार, ओमप्रकाश साह कानु लगायत चयन भएकाे अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम प्रसाद दङ्गालले जानकारी दिए ।

अधिवेशनकाे उद्घाटन सत्रमा नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, पाेलिटब्युराे सदस्य ज्वाला साह , केन्द्रीय सदस्य अरविन्द सिंह, उमेश गुप्ता लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

Related posts

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि एकजुट भएर लागे

MadhesKhabar

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनका लागि तात्यो नेविसंघ

MadhesKhabar

राप्रपा पर्साको आन्दोलन परिचालन समितिको संयोजकमा नगिना यादव

MadhesKhabar

Leave a Comment