Madhes Khabar
स्थानिय

विश्व वातावरण दिवसकाे अवसरमा सेढवामा वृक्षाराेपण र जनचेतनामूलक रयाली

वीरगन्ज ,२२जेष्ठ:विश्व वातावरण दिवसकाे अवसरमा पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर २ सेढवामा साेमबार जनचेतनामूलक रयाली निकाल्नुका साथै वृक्षाराेपण पनि गरिएको छ ।

डिभिजन वन कार्यालय पर्साको आयोजनामा प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौं:वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने नाराका साथ सेढवामा जनचेतनामूलक रयाली निकालिएको हाे ।

यस्तै सेढवास्थित विद्यालयकाे प्राङ्गणमा विभिन्न प्रजातिका विरुवाहरु पनि राेपिएकाे डिभजन वन कार्यालय पर्साका प्रमुख सुभाष चन्द्र दासले बताए।

कार्यक्रममा नेपाल प्रहरी,विधार्थी,जनप्रतिनिधि,शिक्षक, स्थानीयवासी लगायतकाे सहभागीता रहेकाे सब डिभिजन वन कार्यालय बसन्तपुरका रेन्जर सुमन पाण्डेले जानकारी दिए।

Related posts

वीरगन्जमा हुने पूर्वराजा ज्ञानेन्द्रकाे नागरिक अभिनन्दनमा सहभागी हुन आह्वान

MadhesKhabar

वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ, अर्का व्याक्ति फरार

MadhesKhabar

पर्साकाे चमरी टाेलमा आगलागीबाट चार घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment