Madhes Khabar
स्थानिय

विश्व वातावरण दिवसकाे अवसरमा सेढवामा वृक्षाराेपण र जनचेतनामूलक रयाली

वीरगन्ज ,२२जेष्ठ:विश्व वातावरण दिवसकाे अवसरमा पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर २ सेढवामा साेमबार जनचेतनामूलक रयाली निकाल्नुका साथै वृक्षाराेपण पनि गरिएको छ ।

डिभिजन वन कार्यालय पर्साको आयोजनामा प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौं:वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने नाराका साथ सेढवामा जनचेतनामूलक रयाली निकालिएको हाे ।

यस्तै सेढवास्थित विद्यालयकाे प्राङ्गणमा विभिन्न प्रजातिका विरुवाहरु पनि राेपिएकाे डिभजन वन कार्यालय पर्साका प्रमुख सुभाष चन्द्र दासले बताए।

कार्यक्रममा नेपाल प्रहरी,विधार्थी,जनप्रतिनिधि,शिक्षक, स्थानीयवासी लगायतकाे सहभागीता रहेकाे सब डिभिजन वन कार्यालय बसन्तपुरका रेन्जर सुमन पाण्डेले जानकारी दिए।

Related posts

भारतबाट तस्करी गरि ल्याइएको २४ लाखको दुई ट्याक्टर गँहु पर्साको लखनपुरबाट पक्राउ

MadhesKhabar

पर्साका सिडिओ अर्यालले भने: क्याम्पसबाट भएको सामान्य त्रुटि हो, हामी मतगणना गराउँछौं

MadhesKhabar

३० वर्षपछि वीरगन्ज शहरको मुख्य नाला सफाई गर्दै महानगर

MadhesKhabar

Leave a Comment