Madhes Khabar
शिक्षा

पाेखरिया नगरपालिकामा पनि ६ दिनका लागि विद्यालय बन्द

फाइल फोटो : पोखरिया नगरपालिकाको कार्यालय

वीरगन्ज ,१९जेष्ठ : बढ्दाे गर्मीका कारण विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि पर्साकाे पाेखरिया नगरपालिकाले पनि ६ दिनका लािग विद्यालयहर बन्द गर्ने निर्णय गरेकाे छ ।

पाेखरिया नगरपालिकाकाे नगरकार्यपालिकाले शुक्रबार एक सुचना जारी गरेर गर्मीका कारण सम्पुर्ण विद्यालयहरु जेष्ठ २१ गते आइतबारदेखि जेष्ठ २६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

यसअघि बिन्दवासिनी , छिपहरमाई र पकाहा मैनपुर गाँउपालिकाले पनि पालिकामा रहेका विद्यालयहरुमा गर्मीकाे विदा दिएका छन् ।

बिन्दवासिनी गाँउपालिकाले जेष्ठ १९ शुक्रबारदेखि जेष्ठ २२ गते साेमबारसम्म ४ दिनका लागि , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाले जेष्ठ २१ आईतबारदेखि जेष्ठ २६ गतेसम्म ६ दिनका लागि सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिरसकेका छन् ।

गर्मीकै कारण वीरगन्ज महानगरपालिकाले जेष्ठ १९ देखि जेष्ठ २६ गतेसम्म र पटेर्वासुगाैली गाँउपालिकाले जेष्ठ १९ देखि जेष्ठ २८ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेका छन् ।

Related posts

पटेर्वा सुगौली गाउँपालिका अन्तर्गतको विधालयमा छात्रवृती वितरण

MadhesKhabar

विषयगत शिक्षक नहुदाँँ पर्साका सरकारी विद्यालयहरुको एसईईको नतिजा खस्कियो

MadhesKhabar

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

MadhesKhabar

Leave a Comment