Madhes Khabar
शिक्षा

पटेर्वा सुगौली गाउँपालिका अन्तर्गतको विधालयमा छात्रवृती वितरण


मधेशखबर
पचगावाँ÷६,असार÷२०७९
पर्साको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गतको विधालयमा छात्रवृती वितरण गरीएको छ । पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा पटेर्वा सुगौली गाउँपालिकाको वडा नं.३ श्री गादिमाई आधारभूत विधालय पश्चिम देकुलीमा सोमबार एक कार्यक्रमको बीच विधालयमा अध्यनरत बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
विधालयमा अध्ययनरत बालविकाश र कक्षा एक देखि कक्षा पाँच सम्मका एक सय तिस जना छात्र छात्राहरुको लागि छात्रवृत्ति र विधालय पोसाक वितरण गरिको विधालय व्यवस्थापन समिति अध्यक्ष निलम देवीले बताईन् ।
विधालयमा वालवालिकाहरुलाई नियमित रुपमा आउन प्रोत्साहन गर्ने तथा शैक्षिक सत्र सुरु भए लगतै छात्रवृती लगायत सबै सेवा पारदर्शी गर्दै वितरण गरिएको पटेर्वा सुगौली गाउँ पालिका वडा नं.३ का वडा अध्यक्ष माधव राउत थारुले वताएका छन् ।
वडा सदस्य हैदर अन्सारीका अनुसार वालवालिकाको लागि खानेपानी धारा आवश्यक रहेको बारे सरोकारवालाको ध्यान आकर्षण गराएका थिए ।
गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत सनदेश कुमार यादवका अनुसार स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार गर्ने शिक्षक कर्मचारी मात्र नभई अभिभावक लगाएतको समेत जिमेवारी रहेकोले शिक्षक, कर्मचारी÷ अभिभावक सबै जना शिक्षा प्रति गम्भीर हुन् अभिभावकको ध्यान आकर्षण गराएका थिए ।
कार्यक्रममा पालिका शिक्षा शाखा प्रमुख शम्भु साह, जिन्शी शाखा प्रमुख रामबाबु राय र विधालयको शिक्षक कर्मचारी, अभिभावक ,विधालय व्यवस्थापन समितीका सदस्यहरु लगायतको उपस्थित रहेको थियो ।

Related posts

पर्सा औराहाको विधालयमा व्यवस्थापन समिति गठन

MadhesKhabar

सिराहामा एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक छात्रा पक्राउ

MadhesKhabar

वीरगन्जमा लोकसेवा तयारी केन्द्रको उपमेयर आलमले गरे उद्धघाटन

MadhesKhabar

Leave a Comment