Madhes Khabar
शिक्षा हेडलाइन

अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु ८ दिनका लागि बन्द

वीरगन्ज ,१७जेष्ठ : अत्याधिक गर्मीका कारण जनजिवन नै कष्टकर भएपछि पर्साकाे वीरगन्ज महानगरपालिकामा रहेका शिक्षण संस्थाहरु शुक्रबारदेखि ८ दिनका लागि बन्द हुने भएका छन् ।

बढ्दाे गर्मीका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा प्रभाव परिरहेकाे भन्दै वीरगन्ज महानगरपालिकाकाे कार्यालयले बुधबार एक सुचना जारी गर्दै जेष्ठ १९ देखि जेष्ठ २६ सम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मकाे पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पैडेलले जारी गरेकाे सुचनामा बढ्दाे गर्मीका कारण विद्यार्थीहरुकाे स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्षे विदामा कट्टा हुनेगरि ८ दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे उल्लेख छ ।

अत्याधिक गर्मीका कारण पर्साका विद्यालयमा विद्यार्थीहरु कक्षा कोठामै बेहोशपनि हुन थालेका छन् ।

पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०देखि ४३ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यश क्षेत्रकाे जनजिवन नै प्रभावित भएको छ ।

बुधबार पर्साको ग्रामीण भेगमा रहेको एक सामुदायिक विद्यालयमा एक जना छात्रा गर्मीका कारण बेहोश भएकी छन् । पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा बुधबार एक छात्रा कक्षाकोठामै बेहोश भएकी हुन् ।

कक्षा ४ मा पढ्ने साहबुन नेशा अत्याधिक गर्मीका कारण बुधबार बिहान ९ बजे कक्षाकोठामै बेहोश भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले बताए । उनलाई उपचारका लागि वीरगन्जको अस्पतालमा पठाइएको दासले जानकारी दिए ।

Related posts

वीरगन्जको शाह पाराडाइज हाेटलमा बुवा-छाेरा एउटै काेठामा मृत भेटिए

MadhesKhabar

पर्सा :आँखा शिविरमा आएका सिंगापुरका डाक्टरहरुलाई कुटपिट गर्ने वीरगन्जका ६ जना पक्राउ

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment