Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको शाह पाराडाइज हाेटलमा बुवा-छाेरा एउटै काेठामा मृत भेटिए

वीरगन्ज,२१असाेज:वीरगन्जको एक लजमा दुई जना मृत अवस्थामा भेटिएका छन्।वीरगन्जको नयाँ बसपार्ककाे भानु चाेकमै रहेकाे हाेटल शाह पाराडाइजकाे काेठा नम्बर १११ मा एक युवक र एक बृद्ध मृत अवस्थामा भेटिएका हुन्।

हाेटलकाे इन्ट्री रजिस्ट्रमा भारतकाे त्रिपुराका ६७ वर्षिय सजल आचार्य र उनका छाेरा २४ वर्षीय सागर आचार्य भनेर लेखाएका दुवै जना मंगलबार साँझ काेठाभित्रै मृत अवस्थामा भेटपएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले जानकारी दिए।

लम्सालका अनुसार, असाेज १९ गतेदेखि काेठा नम्बर १११ मा बास बसेका दुवै जना मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि हाेटेलका कामदार उनिहरुलाई बाेलाउन उक्त काेठामा गएका थिए।तर भित्रबाट बन्द रहेकाे काेठाकाे ढाेकामा हाेटलका कामदारले पटक पटक ढक्ढकाउँदा पनि भित्रबाट कस‌ैले ढाेका नखाेलेपछि उक्त काेठासंगै रहेकाे अर्काे काेठाकाे भन्टिलेटरबाट हेर्दा काेठामा बुबवा र छाेरा दुवै मृत अवस्थामा रहेकाे देखेका थिए।

 

लगत्तै अर्थात बेलुकी ७:३० बजेतिर हाेटलका सञ्चालकले खबर गरेपछि प्रहरी उक्त हाेटलमा पुगेकाे प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।प्रहरीले पनि भेन्टिलेटरबाट हेर्दा काेठा भित्र सजन ओछ्यानमा र छाेरा सागर झुन्डिएको अवस्थामा देखिएकाे उनले बताए ।

रात परिसकेकाले प्रहरीले उक्त काेठाकाे ढाेका नफाेडेकाे भन्दै लम्सालले भनेफ` दुवै शव काेठाभित्रै छ।भाेल(बुधबार)बिहान ढाेका फाेडेर शव निकाल्छाै।´

घटनाका बारेमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा जानकारी गराइसकेको पनि उनले बताए ।

Related posts

विश्वप्रसीद्ध गढीमाई मेलामा मधेस सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने मुख्यमन्त्री सिंहको घोषणा

MadhesKhabar

वीरगन्जको खाद्य कम्पनिले किसानबाट ४२ हजार क्विन्टल धान खरिद गर्दै

MadhesKhabar

वीरगन्जमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिकाे सहयाेगमा गरियाे वृक्षरोपण

MadhesKhabar

Leave a Comment