Madhes Khabar
शिक्षा

भतौडाको विद्यालयमा अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन

वीरगन्ज , १७ जेष्ठ : पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

बुधबार विद्यालय परिसरमै सम्पन्न अभिभावक भेलाले ६ सदस्यिय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा उधो राउत , दुखी महत्तो , रवितादेवी नुनीया , शविकुमारी देवी , दिपनारायण महत्तो र मदन तिवारी सर्वसम्मत चयन भएका हुन् ।

बुधबार चयन भएका ६ जना सदस्यहरु मध्येबाटै समितिको अध्यक्ष चयन हुने प्रधाननाध्यापक सुभाष प्रसाद दासले जानकारी दिए ।
बुधबारको अभिभावक भेलामा पटेर्वासुगौली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव , गाँउपालिकाका शिक्षा शाखा प्रमुख शोलेन्द्र पञ्जयार , वडासदस्य शीवशंकर राउत लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. यादव नियुक्त

MadhesKhabar

पर्सामा शिक्षा पत्रकार समुह गठन,अध्यक्षमा यादव

MadhesKhabar

गर्मीले विधार्थीहरु बेहोश भएपछि विधालय एक महिना लागि बन्द

MadhesKhabar

Leave a Comment