Madhes Khabar
शिक्षा

गर्मीले विधार्थीहरु बेहोश भएपछि विधालय एक महिना लागि बन्द

मधेसखबर
वीरगन्ज,३० असार : अत्याधिक गर्मीका कारण विधार्थीहरु बेहोश भएपछि पर्साको एक सामुदायिक विधालय एक महिनाका लागि बन्द गरिएको छ ।

पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ मा रहेको रामचरित्र भगत माध्यमिक बिधालयमा बिहीबार अत्याधिक गर्मीका कारण ६ जना छात्राहरु कक्षाकोठाकै बेहोस भएका थिए । बिधालयको कक्षा ६ ,७ र ८ मा पढ्ने ६ जना छात्राहरु बेहोस भएका थिए ।

अत्याधिक गर्मीका कारण विधार्थीहरु बेहोश भएपछि विधालयमा शुक्रबार देखि एक महिना सम्मका लागि पठन पाठन बन्द गरिएको पप्रधानाध्यापक छाटेलाल साहले जानकारी दिए ।

उनका अनुसार कक्षा कोठामा क्षमता भन्दा बढि बिद्यार्थी संख्या भएको र गर्मी पनि अत्याधिक बढेको कारण बिहीबार ६ जना बिद्यार्थीहरु बेहोस भएका थिए । कक्षा ६ को कक्षा कोठामा पंखा पनि नभएको र अन्य कोठामा पंखा भएपनि कक्षा कोठामा बिद्यार्थीहरुको संख्या अत्याधिक भएकाले बिद्यार्थीहरुलाई समस्या भएको उनले बताए ।
बिहीबार बेहोश भएका छात्राहरुको अवस्था अहिले समान्य रहेको र बिहीबार ३ घण्टी पढाएर बिद्यालय बन्द गरिएको प्रअ साहले बताए ।गर्मीकै कारण वीरगन्ज महानगरका विधालयहरु पनि बुधबार देखि एक हप्ताका लागि बन्द भइसकेको छ ।

Related posts

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

MadhesKhabar

कक्षा-१२ काे परीक्षा बैशाख २६ देखि

MadhesKhabar

कक्षा ९ की छात्रा खातुन एकदिनका लागि बनिन् मधेस प्रदेशकाे शिक्षामन्त्री

MadhesKhabar

Leave a Comment