Madhes Khabar
कृषि

उखु किसानको भुक्तानी समस्या समाधान गर्न सरकारद्वारा समिति गठन

काठमाडौं , १७ जेष्ठ : सरकारले उखु किसानको भुक्तानी समस्या समाधान गर्न सचिव नेतृत्वमा एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहने छन् ।

लामो समयदेखिको उखुको भुक्तानी नपाएको भन्दै कपिलवस्तु र कञ्चनपुरका किसान दुई सातादेखि काठमाडौंमा आन्दोलनरत छन् ।साभार : अनलाइनखबर

Related posts

३० वर्षदेखि उखु किसानले पाउँदै आएको अनुदान यसपालि सरकारले रोक्यो

MadhesKhabar

वीरगन्ज महानगरद्धारा किसानहरुलाइ अनुदानमा कृषि उपकरण वितरण

MadhesKhabar

पर्सा–बाराका किसानको धान पुष १० गतेपछि खरिद गर्ने सरकारी निकायको तयारी

MadhesKhabar

Leave a Comment