Madhes Khabar
कृषि

वीरगन्ज महानगरद्धारा किसानहरुलाइ अनुदानमा कृषि उपकरण वितरण

मधेसखबर
वीरगन्ज,१७असार : वीरगन्ज महानगरपालिका वडा नम्बर २९ का किसानहरुलाइ महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

शुक्रबार वडा नम्बर २९ मुसैलीमा आयोजित कार्यक्रममा ३८ जना किसानहरुलाइ विषादी छर्कने उपकरण वितरण गरिएको हो । वडा नम्बर २९ मा पर्ने बसडिल्वा , मुसैली र रतनपुरका गरि तीन गाँउका ३८ जना किसानलाइ गहु उत्पादन प्रबद्र्धन कार्यक्रम अन्तर्गत स्प्रे उपकरण वितरण गरिएको हो ।

महानगरपालिकाको ५० प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सीताराम कृषि सहकारी संस्था लिमिटेडले रकम व्यवहोरेर किसानहरुलाइ निशुल्कमा रुपमा उपकरण वितरण गरिएको सीताराम कृषि सहकारी संस्थाका अध्यक्ष श्याम यादवले जानकारी दिए ।

यादवकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाको कृषि शाखाकी प्रमुख उर्मिला श्रेष्ठका साथै स्थानीय किसान अगुवाहरुको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्ज कृषि औजार कारखानाबाट उत्पादित उपकरणहरु किसानलाई उपलब्ध गराइन्छ: मन्त्री क्षेत्री

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

सखुवा प्रसाैनीका किसानलाई माछा पालन सम्बन्धि तालिम

MadhesKhabar

Leave a Comment