Madhes Khabar
स्थानिय

रेडियो वीरगन्जद्वारा आधारभूत पत्रकारिता सम्बन्धि एक हप्ते तालिम सञ्चालन

वीरगन्ज ,१४जेष्ठ : वीरगन्जमा रेडियाे वीरगन्जले एक हप्ते उदघाेषक तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरेकाे छ ।

वीरगन्जकाे हाेटल पुजनमा आइतबारदेखि सञ्चालित तालिमको वीरगन्ज महाागरपालिकाका मेयर राजेशमान सिंहले गमलाकाे बिरुवामा पानी हालेर समुद्घाटन गरेका हुन् ।

समुद्घाटन समाराेहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आफ्नोे याे कार्यकालमा यहाँका सबै पत्रकारहरु एकढिक्का भएर अगाडि बढेकाे हेर्न चाहेकाे बताए ।

वीरगन्जका पत्रकारहरुलाई लक्षित गर्दै उनले भने, यदि मेरा कमिकमजाेरि भए निर्धक्क भएर लेख्नु हाेस्, मलाई कुनै आपत्ति छैन, त्यसले मलाई सच्चिने अवसर दिन्छ । तर यदि राम्रो काम गरेकाेछु भने त्यसबारेपनि निष्पक्ष भएर लेख्न आग्रह गर्छु ।

वीरगन्ज काे पत्रकारितामा पनि केही सुधारकाे आवश्यकता रहेकाेले यसमा ध्यान दिन पत्रकार सम्बद्ध संघसंगठनका अगुवाहरुकाे ध्यानाकर्षण पनि उनले गराए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहानले मुलुकमा आर्थिक मन्दीसंगै मिडिया क्षेत्रपनि संकटमा परेकाे बताए । पत्रकारिता क्षेत्रमापनि केही विकृति भित्रीएकाेमा चिन्ता व्यक्त गर्दै उनले यसमा शुद्धीकरणकाे अपरिहार्यता रहेकाे बताए ।पित्त पत्रकारिता नगर्न आग्रह गर्दै उनले भने, पत्रकारिता क्षेत्रमा भविष्य छ, त्यसका लागि समुदायका लागि पत्रकारिता गर्नुपर्छ ।

तालिमका मुख्य प्रशिक्षक डाक्टर नवराज लम्सालले जागिरकाे लागि मात्रै पत्रकारिता नगर्न वा याे क्षेत्रमा नआउन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

रेडियाे वीरगन्जका अध्यक्ष ध्रुब साहले वीरगन्जका सञ्चार गृहमा अहिले जनशक्ति अभाव भएकाे बताए । त्यसैलाई मध्यनजरगरि याे तालिमकाे आयाेजना गरिएको बताए । तालिममा १५ जना प्रशिक्षार्थीहरु सहभागी रहेकाेमा तालिम पश्चात् यी मध्ये ६ जनालाई रेडियो वीरगन्जमा राेजगारी दिने उनले बताए ।

साहकै अध्यक्षतामा भएकाे तालिमकाे उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्वाल, बानका मधेस प्रदेश महासचिव आर सी यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, नेपाल प्रेस युनियन पर्साका निर्वतमान अध्यक्ष रामनारायण कुर्मी, उपाध्यक्ष क्रान्ति शाह, मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, मधेसदृष्टी पत्रिकाका प्रधान सम्पादम रामकुमार एलन लगायतकाे पनि उपस्थिति थियाे ।कार्यक्रमकाे सहजिकरण रेडियो वीरगन्जका समाचार प्रमुख ध्रुब अधिकारीले गरेका थिए।

Related posts

तस्करी गरि ल्याइएको ४२ सय भारतीय चल्ला वीरगन्जको जगरनाथपुरबाट बरामद

MadhesKhabar

वीरगन्जमा आयोजित ‘एकताका लागि दौड’ म्याराथनमा ४ हजारले लिए भाग, खातुन र साह भए प्रथम

MadhesKhabar

वीरगन्ज महानगरको न्यायिक समितिद्वारा एक वर्षमा ४६ वटा मुद्दा फर्छ्योट

MadhesKhabar

Leave a Comment