Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे गादी र भलुवाही खाेलामा मापदण्ड विपरित उत्खनन

वीरगन्ज ,८जेष्ठ: पर्साको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत पर्ने गादी र भलुवाही खोलामा मापदण्ड विपरीत उत्खनन भईरहेको स्थानीयले बताएका छन् |

खाेलाकाे ठेक्का सकारेकाे ठेकेदारले गरेकाे सम्झाैतामा उल्लेख मापदण्ड विपरित गिट्टी,बालुवार ढुंगा उत्खनन गरिरहेकाे स्थानीयकाे भनाई छ ।

ठेकेदारले खटाएका कर्मचारीले खाेलामा १५देखी २० फिट सम्म गहिराे खाल्डाे खनेर उत्खनन गरिरहेका छन् ।यसकासाथै खाेलाछेउकै जंगलकाे रुखको जराबाट पनि गिट्टी र बालुवा उत्खनन भइरहेका कारण त्यसले जंगल विनाश हुने जाेखिमपनि बढेकाे स्थानीयले बताएका छन् ।

सम्झौतामा खाेलामा ३ फिट मात्रै गहिराईमा उत्खनन गर्न पाउने र रुखको जराबाट १० फिट छोडेर मात्र उत्खनन् गर्नुपर्ने उल्लेख छ ।

तर ठेकेदारले मापदण्ड विपिरत तथा जंगल नै विनाश हुने गरि उत्खनन गरिरहेकाे भएपनि सम्बन्धीत सरोकारवाला निकायले अनुगमन नगरेकाे स्थानीयले बताएका छन् |

यसका साथै ठेकेदारले गिट्टी , बालुवा र ढुङ्गा ओसार्ने ट्याक्टरहरुसंग ताेकिएकाे दर रेट भन्दा बढी रकम पनि असुलिरहेका छन् ।ठेकेदारका कर्मचारीले कम रकमकाे पुर्जी दिएर बढी रकम असल्ने गरेकाे ट्याक्टर चाकलहरुकाे आराेप छ ।

गादी खाेलामा उत्खननकाे ठेक्का उज्वल निर्माण सेवाले गत फागुन २९ गतेदेखि जेठ ३२ गतेसम्मका लागि ३४ लाख २५ हजार रुपैयाँमा सकारेकाे छ ।

Related posts

डाेटीमा भुकम्पले घर भत्किदा ६ जनाकाे मृत्यु

MadhesKhabar

भाेलि नारायणीसहित देशभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सेवा ठप्प पार्ने डाक्टरकाे घाेषणा

MadhesKhabar

लागू औषध तस्करीको सञ्जाल तोड्दै पर्सा प्रहरी, ३१९ केजी चरेससहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment