Madhes Khabar
राजनीति हेडलाइन

नारायणी अस्पताल र ठाकुराम क्याम्पसको सुधारका लागि सांसद चौरसियाले गराए सरकारको ध्यानाकर्षण

फाइल फोटो

वीरगन्ज, ७ जेष्ठ : वीरगन्जस्थित नारायणी अस्पताल र ठाकुराम क्याम्पसको सुधारका लागि सांसद् ( प्रतिनिधिसभा सदस्य ) अजय चौरसियाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

पर्सा क्षेत्र नम्बर २ का सांसद चौरसियाले आइतबार बसेको संसद् बैठकको सून्य समयमा बोल्दै उपत्यका बाहिरकै पहिलो अस्पताल र पहिलो क्याम्पसका संरचना जीर्ण बनीसकेको हुँदा आवश्यक मर्मतसम्भार तथा पुर्ननिर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै सरकारले गरिरहेको कामको बारेमा प्रश्न गरे ।

उनले भने, ‘आज पर्सा जिल्ला र देशकै सबैभन्दा पूरानो कलेजमध्ये ठाकुरराम बहुमुखी क्याम्पस र नारायणी उपक्षेत्रीय अस्पतालको व्यवस्था सुधार गर्नका लागि सरकार के गरिरहेको छ, त्यो म जान्न चाहन्छु ।’

उनले भने, ‘देशको अर्थतन्त्र यतिबेला धरासायी हुने अवस्थामा छ । धनी झन धनी हुने र गरिब झनै गरिब हुने अवस्थाको अन्त्य गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।’

गरिबी निवारणका लागि सरकारले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिनुपर्ने सांसद् चौरसियाको सुझाव थियो । उनले भने, ’आज सार्वजनिक विद्यालयमा पढाई हुँदैन । गरिव जनताका छोरा छोरी पढ्न पाउँदैनन् । सरकारी अस्पतालमा पर्याप्त औषधी उपचारको व्यवस्था हुँदैन ।’

Related posts

पर्सागढी–४ हर्दासपुरमा आयोजित बैठकमा रास्वपाका उम्मेदवार कानुले सुने स्थानीयका समस्या

MadhesKhabar

कांग्रेसको तराई–मधेस समन्वय विभागमा १० जना मनोनित हुदाँ पर्साबाट कोहि पनि परेनन्

MadhesKhabar

पर्सामा धार्मिक उत्सव र चाडबाडमापनि ठूलो आवाजमा डिजे र लाउड स्पीकर बजाउन रोक

MadhesKhabar

Leave a Comment