Madhes Khabar
राष्ट्रिय

हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते

काठमाडौं,२२बैशाख : संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताए ।साभार : अनलाइनखबर

Related posts

राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते

MadhesKhabar

राप्रपा अध्यक्ष लिङदेन भन्छन्– वीरगन्जका जनताले मेयरमा गिरिशलाइ नै जिताउछन्

MadhesKhabar

नागरिकता पाएपछि ´खुशीकाे सीमा नाघेकाहरुकाे` कथा

MadhesKhabar

Leave a Comment