Madhes Khabar
अर्थतन्‍त्र

स्वदेशी उत्पादनको प्रबर्द्धनका लागि नयाँ बजेटमा व्यवस्था गर्छौ : उद्योगमन्त्री रिजाल

काठमाडौं,२१ बैशाख : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले स्वदेशी उत्पादनको प्रबर्द्धन गर्न नयाँ बजेटमा विशेष व्यवस्था गरिने पनि बताएका छन्।

बिहिबार काठमाडौंमा उद्यमी घरको शुभारम्भ एवं बृहत मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रिजालले स्वदेशी उत्पादनको बजारीकारणका लागि उद्योग मन्त्रालय सदैव लागि पर्ने विश्वास दिलाए । मन्त्री रिजालले नयाँ बजेटमा स्वदेशी उत्पादनको प्रबद्र्धनका लागि विशेष व्यवस्था गरिने पनि बताए ।

मन्त्री रिजालले विदेश भ्रमणका क्रममा नेपालको तर्फबाट लगिने उपहारमा नेपाली उत्पादनलाई नै प्रयोगमा ल्याउनका लागि नीति बनाउन मन्त्रीपरिषद्मा पहल गर्ने पनि बताए ।नेपाली उत्पादन मार्फत नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय जगतमा समेत परिचित गराउन मन्त्री रिजालले उद्यमीहरुलाई आग्रह गरे ।

मन्त्री रिजालले उद्यमी घरले घरेलु हस्तकला, कृषि तथा नेपाली उद्यमीहरुले गरेका उत्पादनहरुको बृहत प्रदर्शनी गरेर उद्यमीहरु तथा उपभोक्ताका लागि प्रसंशनीय काम गरेको समेत बताए ।

Related posts

बदनाम भएका जनार्दन शर्मा नै फेरि अर्थमन्त्री

MadhesKhabar

नयाँ वर्षको स्वागतमा वीरगन्जमा तीन दिन “रात्री बजार” लाग्दै , नाका २४ सै घण्टा खुल्ला रहने

MadhesKhabar

२० रुपैयाँको एक बोतल पानी १०० रुपैयाँमा बेच्दा २ लाख रुपैयाँ जरिवाना

MadhesKhabar

Leave a Comment