Madhes Khabar
स्थानिय

सखुवाप्रसौनी गाउँपालिकामा पालिकाको बजेटबाट सडक कालोपत्रेको काम सुरु

वीरगन्ज,२०बैशाख : पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ मा पालिका स्तरीय बजेटबाट सडकको कालोपत्रे (पिच) गर्ने काम सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवले पालिकाका प्रत्येक वडालाई सडक सञ्जालसँग जोड्ने अभियान चलाएसंगै वडा नम्बर १ मा पालिका स्तरीय बजेटबाट सडकको कालोपत्रे गनर्न थालिएको हो ।

अध्यक्ष यादवका अनुसार , पहिलो चरणमा वडा नम्बर १ स्थित औराहा रेञ्जदेखि जयमङ्गलापुरसम्म एक किलोमिटर सडकको कालोपत्रे गर्न थालिएको अध्यक्ष यादवले बताए । यादवले अबको तीन वर्षभित्र गाउँपालिकाले औराहारेञ्जदेखि टाडी टोलको सखुवनिया गाँउसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको बताए ।

गाउँपालिकासँग सिमित बजेट भएपनि त्यसको सदुपयो गरेर चरणबद्ध रुपमा तीन किलोमिटर सडक कालोपत्रे गरिने अध्यक्ष यादवले बताए ।यादवले भने , पहिलो चरणमा अहिले औराहा रेञ्जदेखि जयमङ्गलापूरसम्म एक किलोमिटर सडक कालोपत्रे एक करोड रुपैयाँको लागतमा हुँदैछ । प्रत्येक वर्ष एक÷एक किलोमिटर गरेर तिन वर्षमा योजना सम्पन्न गर्छौं ।’

यसैक्रममा अध्यक्ष यादवले औराहमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनामाथि डोजर चलाएका छन् । उनले बुधबार औराहस्थित वडा कार्यालयको भवन भत्काएर अतिक्रमण हटाउने काम सुरु गरेका हुन् ।
,

Related posts

चाडपर्बलाई लक्षित गरि वीरगन्जका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना

MadhesKhabar

पर्सा जिल्ला अदालतमा ५७ प्रतिशत मुद्दा फर्छ्यौट

MadhesKhabar

पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment