Madhes Khabar
स्थानिय

वीरगन्ज नाकामा प्रयोग विहिन रहेको होल्डीङ सेन्टर उपयोगमा ल्याउन सांसद र मेयरको सुझाव

वीरगन्ज,१८बैशाख : वीरगन्ज नाकामा करोडौंको लागतमा निर्माण गरिएको होल्डीङ सेन्टर प्रयोग विहिन भएपछि त्यसलाई जनहितका काममा प्रयोगमा ल्याउन यहाका जनप्रतिनिधीले सरकारलाई सुझाव दिएका छन् ।पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सोमबार बिहान निमाृणपछि प्रयोगविहिन रहेको होल्डीङ सेन्टरको स्थलगत अनुगमन गर्दै यस्तो सुझाव दिएका हुन् ।

कोभिड महामारीका बेला भारतबाट भित्रिने यात्रुको स्वास्थ्य चेकजाँच तथा संक्रमितहरुलाई क्वारेन्टीनमा राख्नका लागि सरकारले वीरगन्ज नाका स्थित भन्सार छेउमा १ हजार शैया क्षमताको करिब २८ करोड रुपैयाको लागतमा होल्डीङ सेन्टर निर्माण गरेको थियो । उक्त सेन्टरमा कुल ६० वटा भवन छन् । जसमध्ये १३ वटा भान्सा घर र २२ वटा शौचालय पनि छन् । तर होल्डी सेन्टर निर्माण भएको करिब एक वर्ष बित्दासमेत प्रयोगविहिन अवस्थामा छ ।

सोमबार स्थलगत अनुगमनपछि प्रतिनिधीसभा सदस्य यादवले करोडौँको लागतमा निर्मित संरचनालाई उपयोगविहिन अवस्थामा राख्न नहुने बताए । लामो समयदेखि प्रयोगविहिन रहेको होल्डीङ सेन्टरको संरचनालाई जनहितका काममा उपयोगमा ल्याउनुपर्ने पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले बताए ।

यादवले भने, ‘राज्यले करोडौँ लगानी गरेको संरचनालाई यत्तिकै थन्किन दिनु हुँदैन, कुनै न कुनै किसिमका जनताको हितमा हुने कामका लागि उपयोग गर्न आवश्यक छ, त्यसका लागि म सम्बन्धीत निकायसँग समन्वय गर्नेछु ।’

यस्तै वीरगन्ज महानगरका मेयर सिंहले पनि प्रयोग विहिन होल्डीङ सेन्टर महानगरबासीको हितका लागि हुने कुनै कामका लागि प्रयोजनमा ल्याउन सकिने बताए ।

 

Related posts

१७ वर्ष पहिलेको भ्रष्टाचारमा बाराका पूर्व गाविस सचिव अन्सारीविरूद्ध अदालतमा मुद्दा दायर

MadhesKhabar

वीरगन्जको स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतले लगायो रोक

MadhesKhabar

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएपछि वीरगन्जको आईसिपी चोक तनावग्रस्त, पत्रकारमाथि दुर्व्यवहार

MadhesKhabar

Leave a Comment