Madhes Khabar
स्थानिय

जितपुर गौशालाको अनाधिकृत संरचना उपमहानगरले डोजर लगाएर भत्कायो

बारा,१७बैशाख : बाराको जितपुर बजार स्थित जितपुर गौशालाको जग्गामा अनधिकृत रुपमा बनाइएका भौतिक संरचनामा जीतपुर–सिमरा उपमहानगरपालिकाले आइतबार डोजर चलाएर भत्काएको छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीका अनुसार करिब १५ वटा सटर र केही होटल तथा कच्ची संरचना डोजर लगाएर भत्काइएको हो । उनका अनुसार सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना भत्काएर उक्त जग्गा सरकारी स्वामित्वमा ल्याइएको छ ।
उपमहानगरपालिकाका अनुसार २०५२ सालमा ‘वीरगञ्ज जीतपुर गौशाला’ नामको एक गैसरकारी संस्था दर्ता गरेर जीतपुरको मुख्य बजारको करिब एक बिघाहा सार्वजनिक जग्गा भोगचलन हुँदै आएको थियो ।

भूमिसुधार लागु भएपछि २०२२ सालमा जीतपुरको जग्गा नापी गराएर जीतपुर गौशालाका नाममा फिल्डबुक तयार भएको थियो । सोही फिल्डबुकको आधारमा २०३६ सालमा तत्कालीन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जीतपुर गौशालाका नाममा लालपूर्जा कायम भएको थियो ।

जीतपुर गौशालाको नाममा रहेको जग्गा हडप्ने मनासयले केही व्यक्तिहरु मिलेर २०५२ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा ‘जीतपुर वीरगंज गौशाला’ नामक गैरसरकारी संस्था खोली अनाधिकृत रुपमा जग्गा अतिक्रमण गरिरहेको भन्दै उपमहानगरले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चले २३ जेठ २०७९ मा जीतपुर वीरगञ्ज गौशाला नामको गैरसरकारी संस्था वा व्यक्ति विषेशको नहुने फैसला गरेपछि उक्त जग्गा सार्वजनिक कायम भएको थियो ।

सोही फैसलाको आधारमा उपमहानगरपालिकाले आइतबार गौशालामा रहेको अनधिकृत भौतिक संरचना भत्काइएको मेयर राजन पौडेलले जानकारी दिए । फैसलापछि जीतपुरसिमरा उपमहानगरपालिकाको सातौं नगरसभाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने निर्णय गरेको थियो ।

उपमहानगरले गौशालामा रहेका गाइहरुको हेरचाहका लागि आइतबारबाटै २ जना दैनिक ज्यालादारीमा कर्मचारी राखेको पुरीले बताए ।पुरीका अनुसार जग्गा हडप्ने संस्थाले सटर लगायत संरचना भाडा लगाएर रकम उठाउँदै आएको थियो ।

Related posts

बैंकिङ कसुरमा बहुदरमाई २ का वडाध्यक्ष पटेल पक्राउ 

MadhesKhabar

पत्रकार रजकका हत्यारालाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

MadhesKhabar

सरावगी भन्छन् – जित्ने बित्तिक्कै ठगी मुद्धा हालेर ठेक्का पट्टाको बक्यौता असुल्छु

MadhesKhabar

Leave a Comment