Madhes Khabar
स्वास्थ्य

नेपालमा एकैदिन थप १०३ जनामा कोरोना पुष्टि

फाइल तस्वीर

काठमाडौं ,१५बैशाख : नेपालमा एकैदिन थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १९२५ नमुना परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६२७ र एन्टिजेनबाट १२९८ नमुना परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट ५३ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ५३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Related posts

पर्सामा खोप ढुुवानी तथा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

MadhesKhabar

आँखा पाक्ने राेगकाे प्रकाेपबाट जाेगाउन वीरगन्जका सरकारी विद्यालयमा निशुल्क शिविर सञ्चालन

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment