Madhes Khabar
खेलकुद

कुशलको शतकमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

काठमाडौं,८बैशाख : कुशल मल्लको उत्कृष्ट शतकमा नेपालले एसीसी मेन्स प्रिमियर कपमा ओमानसामु ३ सय ११ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कमजोर सुरुआतपछि सम्हालिँदै नेपालले आठ विकेटको क्षतिमा ३ सय १० रन बनाउँदै आफ्नो स्थितिलाई बलियो बनाएको हो ।

नेपालले वान डे इतिहासमा तीन सयमाथिको स्कोर बनाएको पनि यो पहिलो पल्ट हो ।नेपालका लागि सोमपाल कामीले पनि अशर्तकीय इनिङ्स खेले । वान डे इतिहासमा यो नेपालको ऐतिहासिक ५०औं वान डे हो । यस्तै प्रतियोगिताकै यो पहिलो औपचारिक वान डे पनि हो । नेपाल र ओमान दुवै वान डे मान्यता प्राप्त टिम हुन् । नेपालको यसअघि उच्च स्कोर २ सय ९७ रन रहेको थियो र यो नेपालले पपुवा न्युगिनीविरुद्ध बनाएको थियो ।

नेपालका लागि कुशलले १ सय ८ रन बनाए र यो उनको पहिलो वान डे शतक हो । उनले ५९ बलको सामना गरेर शतक पूरा गरे र यो नेपालका लागि सबैभन्दा कम बलमा बनाइएको शतक हो । कुशलले समग्रमा ६४ बल खेले र त्यसमा नौ चौका तथा १० छक्का सामेल थियो ।

प्रतियोगिताको पहिलो खेलमा पनि कुशलले मलेसियाविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए । कुशल आउट भएपछि नेपालको स्कोर बढाउने काम सोमपालले गरे । सोमपालले ४८ बलमा ६३ रन बनाए र नटआउट रहे । उनले नौ चौका प्रहार गरे । सोमपालले ३९ बलमा अर्धशतक पूरा गरेका हुन । अर्को नटआउट ब्याटर करण केसीले १५ बलमा २९ रन बनाए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत भने राम्रो रहेन । नेपालले आफ्ना दुवै ओपनर कुशल भर्तेल र आसिफ सेखलाई शून्यमा गुमाएको थियो । मध्यक्रमका तीन ब्याटरले भने महत्त्वपूर्ण योगदान दिए । त्यसमा भीम सार्कीले कप्तान रोहित पौडेलसँग लिमेर तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । रोहितले २३ रन बनाए । त्यसपछि भीमले ३३ र र आरिफ सेखले २९ रन बनाए । साभार : कान्तिपुर

Related posts

नेत्रहीन टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमै नेपाल पराजित

MadhesKhabar

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ मा आयाेजक वीरगन्जकाे विजयी सुरुवात

MadhesKhabar

अर्जेन्टिनासँग हार्याे ब्राजिल

MadhesKhabar

Leave a Comment