
काठमाडौं,८मंसिरःपाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल आफनो पहिलो खेलमा श्रीलंकासंग पराजित भएको छ ।शनिबार भएको खेलमा श्रीलंकाले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । श्रीलंकाका दमिथ सन्दारुवानले नटआउट १ सय रन बनाए ।बलिङ्तर्फ नेपालका सुनिल राना मगर र सुनिल सुवेदी क्षेत्रीले १/१ विकेट लिए ।
नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसंग, तेस्रो खेलमा सोमबार अफगानिस्तानसंग, चौथो खेलमा मंगबार दक्षिण अफ्रिकासंग र पाँचौं खेलमा बुधबार आयोजक पाकिस्तानसंग खेल्नेछ । नेपाल र भारतबीचको खेल नोभेम्बर २९ तारिखमा हुने तालिका तय भएकोमा भारत प्रतियोगितामा सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो ।
चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप आउँदो डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरू पाकिस्तानको लाहोर र मुल्तामा भइरहेका छन् ।

