Madhes Khabar
राजनीति

जनताको सेवा र क्षेत्रको विकासका लागि म चुनाव लडेको हुँ : उपेन्द्र यादव

बारा,७ बैशाख : जसपाका राष्ट्रिय अध्यक्ष एंव बारा २ मा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले बारा २ का जनताको सेवा र क्षेत्रको विकास र समृद्धिका लागि आफुले चुनाव लडेको बताएका छन् ।

बाराको बरियापुरमा बिहीबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै यादवले भने,‘ गठबन्धनका शीर्ष नेताहरुकै आग्रहमा म बारा २ मा चुनाव लडेको हु , त्यसका कारण बारा २ का जनता र यस क्षेत्रका समस्या समाधानमा गठबन्धनले ध्यान दिन्छ , गठबन्धनकै सरकार भएकाले ती सबै समस्या समाधान गराउन म सरकारलाई पनि दबाब दिइरहन्छु ।

यादवले निजगढ अन्र्तराष्ट्रि विमानस्थल निर्माणको काम यथाशीघ्र सुरु गराउन सरकारलाई दबाब दिने बताए । यस्तै नागरिकताको समस्या समाधान छिट्टै हुने , गढीमाई मन्दिरलाई अन्र्तराष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गरिने , घरबार विहिन विपन्न र दलितहरुलाई जनता आवास कार्यक्रम मार्फत घर उपलब्ध गराउने पनि यादवले बताए ।यादवले भने,‘ गठबन्धनको उम्मेदवार मलाई जिताएर संसदमा पठाउनुस् , बाराका सारा समस्याहरु समाधान गर्छु र सरकारबाट गराउछु पनि ।

बिहीबारको आमसभामा सहभागी जनताको सहभागीताले आफनो जित सुनिश्चित भएको प्रमाणीत गरेको दाबी पनि यादवले गरे । त्यसकारण हार्नेलाई मत दिएर खेर नफाल्नु होला , बारा र मधेसका लागि कसले काम गर्छ त्यसको मुल्यांकन गरेरै मत हाल्नु होला , यादवले भने ।

 

Related posts

बारामा कांग्रेस,एमाले,जसपा नेपालसहित ९९ जना उम्मेदवारको जमानत जफत

MadhesKhabar

पर्सामा जय नेपाल फाउण्डेसनको कार्यसमिति विस्तार, जिल्ला संयोजकमा मनोहर साह

MadhesKhabar

कांग्रेसकाे संसदीय मामिला विभागकाे सदस्यमा पर्साका नेता साह मनाेनित

MadhesKhabar

Leave a Comment