Madhes Khabar
धर्म/संस्कृति

पर्साको सखुवा प्रसौनीमा हिन्दू परिषद् नेपालको समिति गठन

मधेसखबर
वीरगन्ज,७ बैशाख : पर्साको सखुवा प्रसौनी गाँउपालिकामा हिन्दू परिषद् नेपालको समिति गठन गरिएको छ । बिहीबार सम्पन्न भेलाले भगल रामको अध्यक्षतामा ५१ सदस्यिय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव राजू गिरी, कोषाध्यक्ष बृजमोहन यादव तथा सदस्यहरुमा उमेश गिरि, महेन्द्र गिरि, श्यामबाबू राम, रामदेव पटेल, रामायण पासवान, सुखली देवी, बुधिया देवी, थगिया देवी लगायत छन् ।

समिति गठनपछि महुवनमा रहेको पारसनाथ महादेव मन्दिरमा पुजापाठ गरी शोभा यात्रा पनि निकालिएको थियो । शोभा यात्रा बलुवा गाँउमा रहेको हनुमान मन्दिरमा पुगेपछि सामूहिक हनुमान चालीसाको पाठ पनि गरिएको थियो ।

कार्यक्रममा हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु लालबाबू कुर्मी, अधिवक्ता बिनोद पटेल,पर्सा जिल्ला उपाध्यक्ष पूनम सिंह, सहसचिव सुमन वर्णवाल, राम प्रसाद कुर्मी, वीरगन्ज महानगर सचिव अनिल कुर्मी, नगर सदस्यहरु प्रणय कुमार सिन्हा,अमित श्रीवास्तव,अनिल पटेल लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

पटेर्वा सुगौलीमा हात्ती र जिप सफारीसहित तीन दिने माघी तथा भाथा महोत्सव आजदेखि सुरु

MadhesKhabar

‘गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

MadhesKhabar

प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि वीरगन्जबाट काली कम्बल वाला बाबा फरार

MadhesKhabar

Leave a Comment