Madhes Khabar
धर्म/संस्कृति

‘गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

फाइल तस्बिर ।

वीरगन्ज,१७जेठःवीरगन्जमा आगामी असार १३ गते निकाल्न लागिएको ‘गहवामाई रथ यात्रा’ लाई भब्यरुपमा सम्पन्न गर्नका लागि गठित गहवामाई रथ यात्रा धार्मिक समन्वय समिति विस्तार गरिएको छ ।समितिका संयोजक ज्योतिष सम्राट पण्डित पुरुषेत्तम दुबेका अनुसार, शनिबार समितिको विस्तार गरिएको हो ।

जसको सदस्यमा नेपाल विश्व हिन्दु महासंघका अमर सरार्फ, हिन्दु परिषद नेपालका लालबाबु प्रसाद कुर्मी, विश्व हिन्दु परिषदका ज्योति रूङ्गटा,हिन्दु महिला समाज नेपालकी प्रिया सिंह,सामुदायिक सेवा केन्द्र परिवारकी राधा शर्मा,ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका गोबर्धन चौधरी,पुरी पीठ परिषदका डा. अनिल झा, कर्मकाण्डी ब्राम्हण समाजका पुरुषोत्तमदेव उपाध्याय,राम राज्य परिषदका धर्मेन्द्र कुमार पटेल, नेपाल भारत मैत्री कार्यदलका राजेन्द्र भट्टराइ रहेका छन् ।

यस्तै सदस्यमा ब्राम्हण समाज नेपालका पारस द्विवेदी, पत्रकार राजकुमार सर्राफ, दीपक चौरसिया, मिडिया सल्लाहकार राम सर्राफ , ध्रुव साह, सल्लाहकार संतोषानंद महाराज,प्रकाश कुमार उपाध्याय, ध्रुव देव सिंह ठकुरी रहेको समितिका सहयोगि सचिव पण्डित रत्नेश तिवारीले जानकारी दिए ।

वीरगन्जमा हरेक वर्ष झै यस वर्षपनि अषाढ शुक्लपक्ष द्वितियाको दिन अर्थात आगामी असार १३ गते गहवामाई रथ यात्रा निकालिन लागिएको गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्यामकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार, गत बैशाख २० गते बसेको बैठकले विश्व प्रसिद्ध गहवामाई मन्दिर क्षेत्रको मुलभुत विकास तथा राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरमा पर्यटकीय क्षेत्रको ख्यातिपुर्ण रुपले प्रचार प्रसार तथा सनातनी आस्थाको समेत केन्द्रबिन्दुको रुपमा रहेको मधेस प्रदेशको एक मात्र पहिलो श्री गहवामाई रथ यात्रा असार १३ गते निकाल्ने निर्णय गरेको हो । यस्तै ५६ भोग, लगायत महाप्रसाद–भण्डारा असार १४ गते हुने पोखरेलले जानकारी दिए ।

Related posts

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिकाे अध्यक्षमा दिलिप साह कानु

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

रामायण सर्किटमा ‘भारत गौरव पर्यटक रेल’, बिहीबार जनकपुर आउने

MadhesKhabar

Leave a Comment