Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा मालपोत कार्यालयका तत्कालिन प्रमुख पोखरेलसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन मालपोत कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालिन कार्यालय प्रमुख पोखरेलले लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी आफ्नो कार्यकाल २०७२÷०७३ मा ९३ लाख ६६ हजार २०९ रुपैया राजश्व हिनामिना गरेको अख्तियारको दाबी छ ।

त्यस्तै तत्कालिन कार्यालय प्रमुख विश्वकर्माले पनि आर्थिक वर्ष २०७२÷०७३ मा १ लाख ४१ हजार ८२५ रुपैयाँ हिनामिना गरेको, तत्कालिन नायब सुब्बा गुप्ताले आर्थिक वर्ष २०७२÷०७३ मा राजस्वमा ९५ लाख ८ हजार ३४ रुपैयाँ हिनामिना गरेका अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यस्तै तत्कालिन लेखापाल चौधरीले पनि ९५ लाख ८ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । साभार : अनलाइनखबर

Related posts

बाराबाट बोलबम तीर्थयात्री लिएर जाँदै गरेको बस बिहारमा दुर्घटना, ४५ घाइते, १० को अवस्था गम्भीर

MadhesKhabar

जितपुर गौशालाको संरचनामा डोजर नलगाउन राष्ट्रिय एकता अभियानको चेतावनी

MadhesKhabar

जिएचपीको गुण्डागर्दी रोकिएन, महानगरपालिकाले पनि चासो दिएन , फेरि आन्दोलन गर्छौ: अभिभावक संघर्ष समिति

MadhesKhabar

Leave a Comment