Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा मालपोत कार्यालयका तत्कालिन प्रमुख पोखरेलसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन मालपोत कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालिन कार्यालय प्रमुख पोखरेलले लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी आफ्नो कार्यकाल २०७२÷०७३ मा ९३ लाख ६६ हजार २०९ रुपैया राजश्व हिनामिना गरेको अख्तियारको दाबी छ ।

त्यस्तै तत्कालिन कार्यालय प्रमुख विश्वकर्माले पनि आर्थिक वर्ष २०७२÷०७३ मा १ लाख ४१ हजार ८२५ रुपैयाँ हिनामिना गरेको, तत्कालिन नायब सुब्बा गुप्ताले आर्थिक वर्ष २०७२÷०७३ मा राजस्वमा ९५ लाख ८ हजार ३४ रुपैयाँ हिनामिना गरेका अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यस्तै तत्कालिन लेखापाल चौधरीले पनि ९५ लाख ८ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । साभार : अनलाइनखबर

Related posts

महुवनका दलित महिलाहरुका लागि अगरबत्ती बनाउने ७ दिने तालिम सन्चालन

MadhesKhabar

वीरगन्ज महानगरकाे नीति : ‘वैभव वीरगन्ज’को परिकल्पना साकार पारिने

MadhesKhabar

पर्साको बिन्दवासिनी गाँउपालिकामा भ्रष्टचार बढेको भन्दै खबरदारी गर्ने नेविसंघको निर्णय

MadhesKhabar

Leave a Comment