Madhes Khabar
मनोरञ्जन

बारा २ : उपेन्द्र यादवलाई जिताउन टाेल टाेलमा गठबन्धनको बुथ कमिटी गठन

बारा,२७ चैत: बारा २ मा सत्तागठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउने अभियान अन्तर्गत करैयामाई गाउँपालिका वडा नंबर ८ बेलाहीमा साेमबार टाेल स्तरीय प्रचार प्रसार तथा बुथ कमिटी गठन गरिएकाे छ ।

जसपाका करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको प्रमुख आथित्यामा सम्पन्न भेलाले कांग्रेसका काेशलेश चाैधरीकाे संयाेजकत्वमा प्रसार प्रसार समिति तथा बुथ कमिटि गठन गरेको जसपाका युवा नेता सुरेन्द्र साहले बताए ।

भेलामा जसपा नेपालका नेता सोनालाल साह, दीपक पासवान, जोगेन्द्र पंडित, रामविशवास साह, पिंकी कुमाारी लगायतको उपस्थिती रहेको थियो । भेलालाई सम्बोधन गर्दै नेताहरुले उपनिर्वाचनमा गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवलाई भारी बहुमतका साथ जिताउन एकजुट भएर लाग्ने बताए ।

सोमबार नै करैयामाई गाउँपालिका वडा नंबर ८ नरहीमा पनि कांग्रेस नेता सुकदेव पंडितकाे संयाेजकत्वमा बुथ कमिटी गठन गरिएको छ । बुथ कमिटीको उपसंयोजकमा नेकपा एकिकृत समाजवादी पार्टीका नेता कामेश्वर यादव रहेका छन् ।

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

विवादका बावजुद फिल्म ‘पठान’ले गर्‍यो कीर्तिमानी कमाइ

MadhesKhabar

सर्वाधिक कमाइ गर्ने तेश्राे हिन्दी फिल्म बन्याे ‘गदर २’

MadhesKhabar

Leave a Comment