Madhes Khabar
राजनीति

सत्तामा पुग्दा कांग्रेसले मजदुरलाई बिर्सिन्छ : डा. शेखर कोइराला

मधेसखबर
वीरगन्ज,२६ चैत :नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा मजदुरहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

वीरगन्जमा आइतबार नेपाल यातायात मजदुर संघको ७ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य समेत रहेका कोइरालाले तर सत्तामा पुग्दा भने दलहरुले श्रमिकको मुद्धालाई बिर्सिने गरेको बताए ।
कांग्रेस पार्टीको जन्मदाता मजदुर श्रमिक नै भएपनि सत्तामा पुग्दा कांग्रेसले मजदुर श्रमिकलाई बिर्सिने गरेको कोइरालाको भनाई थियो ।

कोइरालाले भने,‘ कांग्रेस पनि जब जब सत्तामा पुग्छ मजदुरहरुको मुद्धालाई बिर्सिन्छ , वर्गको लागि राजनीतिक गरेका भन्ने गरेका कम्युनिष्ट पार्टीहरुको पारा पनि उस्तै छ ।त्यसकारण आफनो पेशागत हकअधिकारको लागि निरन्तर आन्दोलन गरिराख्न उनले मजदुर श्रमिकहरुलाइ आग्रह पनि गरे । उनले भने,‘ लडेर मात्रै अधिकार पाइन्छ भन्ने विश्वकै इतिहास साक्षी पनि छ , त्यसका कारण यातायात मजदुरहरुले आफनो हकअधिकारको लडाईलाई निरन्तर जारी राख्न्ुपर्छ तब मात्र सरकार र सत्तामा रहेकाहरुलाई दबाब पुग्छ ।

उनले श्रम आयोग बनाउनका लागि सरकारलाई दबाब दिन सामाजिक सन्जाल मार्फत देशव्यापी अभियान नै सन्चालन गर्न यातायात मजदुरलाई अपिल पनि गरे ।यातायात मजदुरका समस्या सम्बोधनका लागि संसद र कांग्रेस केन्द्रिय कार्यसमितिमा आफुले पनि निरन्तर आवाज उठाउने प्रतिबद्धता पनि उनले जनाए ।

मजदुरको आन्दोलनले लोकतन्त्रलाई अझ बलियो बनाउने भन्दै कोइरालाले भने,‘यदि मजदुहरुको आन्दोलन भएन भने लोकतन्त्र पनि बलियो हुन सक्दैन र समाजवाद पनि आउन सक्दैन ।तर मजदुरको आन्दोलन तोडफोड र विध्वंसकारी नभइ दबाबमुलक र शान्तिपूर्ण हुनुपर्नेमा मजदुर संगठनहरुले ख्याल राख्नुुपर्ने उनको भनाई थियो ।

कांग्रेस केन्द्रिय सदस्य एंव सांसद अजय चौरसियाले सरकारले प्रत्येक प्रदेशमा एक एक वटा श्रमिक अस्पताल अस्पताल बनाउनु पर्ने सुझाव दिए । उनले यातायात मजदुरहरुको समस्या भयावाह रहेकाले त्यसको सम्बोधनका लागि ध्यान दिन सरकारसंग आग्रह पनि गरे ।

नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रदेशसभा सदस्यद्वय जर्नादन सिंह क्षेत्री र श्याम पटेल , प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा , भारतको अल इन्डिया रेल्वे फेडरेसनका महासचिव शीवगोपाल मिश्र , केन्द्रिय सदस्य सबिना सिंह , संघका अजय राई , नेपाल ट्यांकर चालक संघका अध्यक्ष इश्वर लामा, कांग्रेस नेताहरु शोभाखर बुढाथोकी ,मणिन्द्रलाल नेपाली लगायतले पनि सम्बोधन गरेका थिए । महाधिवेशनमा देशभरका २ सय भन्दा बढि यातायात मजदुरहरुको सहभागीता छ ।

Related posts

रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

MadhesKhabar

साेनल बने लाेसपाकाे वरिष्ठ उपाध्यक्ष, केन्द्रीय सदस्यमा पर्साबाट १७ जना

MadhesKhabar

कांग्रेसकाे संसदीय मामिला विभागकाे सदस्यमा पर्साका नेता साह मनाेनित

MadhesKhabar

Leave a Comment