Madhes Khabar
राजनीति

साेनल बने लाेसपाकाे वरिष्ठ उपाध्यक्ष, केन्द्रीय सदस्यमा पर्साबाट १७ जना

वीरगन्ज,८असाेज: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकाे वरिष्ठ उपाध्यक्षकाे जिम्मेवारी जितेन्द्र साेनलले पाएका छन् ।

लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेकोमा वरिष्ठ उपाध्यक्षकाे जिम्मेवारी साेनलले पाएका हुन् ।बाराकाे निर्वाचन क्षेत्र नम्बर ४(ख) का प्रदेश सभा सदस्य साेनल लाेसपाकाे मधेस प्रदेश अध्यक्षपनि हुन् ।

लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी रहेका छन् । वरिष्ठ नेतामा नेतात्रय राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झाले जिम्मेवारी पाएका छन् । पार्टीको वरिष्ठ सहअध्यक्षमा नेता सर्वेन्द्रनाथ शुक्लालाई जिम्मेवारी दिइएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा साेनलसंगै पर्साका लक्ष्मणलाल कर्ण , उमाकान्त झा, लक्षणलाल कर्ण, अकवाल अहमद शाह र निर्जला राउत गरी ६ जना तथा  उपाध्यक्षमा पर्साका रमेश कुर्मीसहित १५ जना रहेका छन् ।

महासचिवमा १६, सहमहासचिवमा बाराकी पिंकी यादव र श्याम गुप्ता ,पर्साकी मिनु ठाकुरसहित आठ, सचिव ११, कोषाध्यक्षमा दुई,  सहकोषाध्यक्षमा पर्साका विमल केडिया रहेका छन् । कोषाध्यक्षमा दुई जनालाई जिम्मेवारी दिइएको छ ।

 

यस्तै केन्द्रीय सदस्यमा पर्साका निजामुदिन समानी, पुरुषाेतम झा, जटाशंकर गुप्ता, मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव, मालती कुशवाहा, रेखा कर्ण ,देवानन्द यादव, दामाेदर आचार्य ,प्रतिमा जाेशी, रेखा घिमिरे, सत्रुधन महासेठ, साबिर अन्सारी, सन्जय  अग्रवाल, रतन सर्राफ, लालबाबु कुर्मी र सकल हजरा रहेका छन् ।

Related posts

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिने

MadhesKhabar

पर्सामा आएर पूर्वसांसद रेशम चौधरीले भने : अब देशभरका थारुहरु एकजुट हुनुपर्छ

MadhesKhabar

Leave a Comment