Madhes Khabar
राजनीति

बारा-२ मा रास्वपाबाट चुनाव लड्न रमेश खरेल तयार

काठमाडौं ,१७चैत:नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बारा-२ मा उपचुनाव लड्न तयार भएका छन् । बारा-२ मा वैशाख १० गते हुने उपचुनावका लागि रास्वपाभित्र हुने प्रारम्भिक निर्वाचन जिते खरेल उम्मेदवार हुने निश्चित छ ।

बारा-२ कै लागि युवराज न्यौपानेले पनि प्रारम्भिक निर्वाचनमा भाग लिने भएका छन् । प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय शुक्रबार बिहान ११ बजेसम्म निर्धारण गरिएको रास्वपाले जनाएको छ ।
रास्वपाबाट निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरू प्रारम्भिक निर्वाचन जितेर आउनुपर्नेछ उसको विधान छ ।

पूर्वडीआईजीसमेत रहेका खरेल अहिलेलाई रास्वपाको चुनाव चिह्न घण्टी मात्र लिएर उठ्ने नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीले जानकारी दिए । ‘पार्टी नै एकीकरण हुन लागेको हो ?’ भन्ने प्रश्नमा महासचिव गिरी भन्छन्, ‘एकीकरणको टुंगो लागेको छैन। तर त्यसबारेमा पनि छलफल भइरहेको छ । अहिले रास्वपाको चुनाव चिह्न घण्टी लिएर मात्र उम्मेदवार बन्ने सहमति भएको हो ।’

खरेल यसअघि मंसिर ४ मा काठमाडौं १ मा निर्वाचन लडेका थिए । कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले जितेको उक्त क्षेत्रमा खरेलले पाँचौँ स्थानमा आउँदै ३ हजार १ सय २४ मत ल्याएका थिए ।साभार:कान्तिपुर

Related posts

प्रदेश सरकारलाई क्षेत्रीको प्रश्न : किसानको समस्या बारे सरकारले के सोचिरहेको छ ?

MadhesKhabar

जसपाका नेता कार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ

MadhesKhabar

बारामा आएर ओलीले भने : यो म्यादी सरकार हो , आफैं ढल्छ

MadhesKhabar

Leave a Comment