Madhes Khabar
शिक्षा

वीरगन्ज १० काे सरकारी विद्यालयमा वडाध्यक्ष सुशीलकाे अग्रसरतामा ६ सय विद्यार्थीलाई पाेशाक वितरण

मधेसखबर
वीरगन्ज ,८चैत : वीरगन्ज महानगरपालिका वडा नम्बर १० काे वडा कार्यालयले सामुदायिक विद्यालयमा अध्यनरत करिब ६ सय विद्यार्थीहरुलाई पाेशाक वितरण गरेको छ ।

वडा नम्बर १० मा रहेकाे रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा अध्यनरत ५ सय ९१ जना विद्यार्थीहरुलाई वडा अध्यक्ष सुशील कुमार कानुकाे पहल र अग्रसरतामा पाेशाक वितरण गरिएको हाे ।

वडा सदस्यहरुकाे सहकार्यमा वडा कार्यालयकाे बजेटबाट विद्यालयका शिशु कक्षा देखि १० कक्षा सम्ममा पढ्ने ५सय ९१ जना विद्यार्थीहरुलाई विद्यालयले ताेके बमोजिमको एक एक सेट पाेशाक वितरण गरिएको वडा अध्यक्ष कानुले बताए ।

वडा अध्यक्ष कानुकाे प्रमुख आतिथ्यतामा भएकाे पाेशाक वितरण कार्यक्रममा वडा सदस्य सन्तोष जैशी, प्रभु महताे, महिला वडा सदस्य मिश्रादेवी नगरकाेटी, प्रेमशीला देवअं,विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार लाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,सदस्य , शिक्षक शिक्षिका लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

वीरगन्ज महानगरले लिएको कक्षा ८ को परीक्षामा ७४ प्रतिशत विद्यार्थी सफल

MadhesKhabar

शारदा माविमा विद्यार्थीहरुबिचकाे आपसी विवादमा शिक्षकलाई बदनाम गर्न खाेजियाे : प्रअ मेहता

MadhesKhabar

ठाकुरराम क्याम्पसमा तालाबन्दी

MadhesKhabar

Leave a Comment