Madhes Khabar
अर्थतन्‍त्र

आज तोलामा २ हजारले घट्यो सुनको मूल्य

काठमाडौं ,८चैत : आज बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ ।

मंगलबार छापावाल सुन ताेलाकाे एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।

Related posts

फेरि बढ्याे सुनकाे मुल्य, ताेलाकाे १ लाख २० हजार ५ सय

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्षमा पटवारी निर्विराेध निर्वाचित

MadhesKhabar

वीरगन्ज नाकाबाट हुने तस्करी रोक्न भन्सार कर्मचारी र सुरक्षा प्रमुखलाई अर्थमन्त्री पुनको निर्देशन

MadhesKhabar

Leave a Comment