Madhes Khabar
राजनीति

प्रधानमन्त्री प्रचण्डले दोश्रो पटक पनि पाए विश्वासको मत

काठमाडौं,६चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले दोस्रोपटक पनि विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधीसभा बैठकमा सोमबार भएको मतदानमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको हो । मत दिन्नमा एक मत खसेको छ ।

मतदान प्रक्रियामा २६२ जना सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।
प्रधानमन्त्री प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसबेला प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए। प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले कांग्रेससहित दस दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन्। एमालेलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस,राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी (जसपा),एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा),नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थन रह्यो। साभार : अन्नपूर्णपोष्ट

Related posts

सिरोहियालाई पक्राउ गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार : लोसपा वरिष्ठ उपाध्यक्ष सोनल

MadhesKhabar

नागरिकता विधेयक प्रमाणीकरण संविधानकाे घाेर उल्लंघन : एमाले सचिव भट्टराई

MadhesKhabar

लोसपाको घोषणापत्र सार्वजनिक – पालिकालाई भ्रष्टाचारमुक्त बनाउने

MadhesKhabar

Leave a Comment