Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्साको निचुटामा तिलगंगा आँखा अस्पतालको शाखा सन्चालन हुदै

मधेसखबर
पर्सा,३०फागुन : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नंबर ५ निचुटामा तिलगंगा आँखा अस्पतालको शाखा अस्पताल सन्चालनमा आउने भएको छ ।पटेर्वासुगौली गाउँपालिकाको पहलमा निचुटा स्थित स्वास्थय चौकीकै परिसरमा आगामी बैशाखको अन्तिम साता देखि काठमाण्डौको तिलगंगा आँखा अस्पताल सन्चालनमा आउने भएको हो ।

काठमाण्डौमा तिलगंगा आँखा प्रतिष्ठानद्वारा संन्चालित तिलगंगा आँखा अस्पतालको शाखाको रुपमा निचुटामा तिलगंगा सामुदायिक आँखा केन्द्र संन्चालनमा ल्याउने तयारी भइरहेको पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले बताए ।

गाउँपालिका आफैले निचुटा स्वास्थ चौकीमा ३ कोठे एक तल्ले भवन निर्माण गरेर उक्त नयाँ भवनमा आँखा केन्द्र सन्चालन गर्नका लागि तयारी गरिरहेको अध्यक्ष चौधरीले जानकारी गराए ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका सन्चालक एंव नेपाल प्रहरीका पूर्व डिआइजी पिताम्बर अधिकारीले पर्सा ग्रामीण क्षेत्रका गरिब–असाहय समेतका आँखाका विरामीहरुले आफनै गाउँघरमा सहुलियतदरमा आँखाको उपचार गर्न पाउन् भन्ने उदेश्यले निचुटामा तिलगंगा आँखा अस्पतालको शाखा सन्चालन गर्न लागिएको बताए ।

तिलगंगा आँखा अस्पतालको शाखा स्थापना र सन्चालनका लागि मङगलबार सरोकारवालाहरुको टोलीले निचुटामा स्थलगत अनुगमन पनि गरेको छ । उक्त टोलीमा पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष चौधरी, पुर्व डिआईजी अधिकारी ,सिनियर अहेव प्रमोद कर्ण,समाजसेवी मोतिलाल चौधरी,शत्रुधन साह,सञ्चारकर्मी प्रमोद यादव,वडाध्यक्ष विपिन मुखिया लगायतको सहभागिता थियो ।

Related posts

राष्ट्रपतिलाई सर्वाेच्च अदालतले साेध्याे नागरिकता विधेयक प्रमाणीकरण नगर्नुकाे कारण

MadhesKhabar

मधेस प्रदेशमा १ लाख ४६ हजार सवारी साधन कारबाहीमा

MadhesKhabar

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको एक वर्ष : स्वास्थ्य क्षेत्र र सरकारी अस्पतालको सेवा सुधारमा सक्रियता

MadhesKhabar

Leave a Comment