Madhes Khabar
गण्डकी प्रदेश

गाई काटेकाे आराेपमा ४ जना पक्राउ

बाग्लुङ ,११फागुन: गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका ४ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की छन्।

डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा बुधबार मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको प्रनि खड्काले बताए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त , उद्धार कार्य जारी

MadhesKhabar

कुमारी आमा निहारिकालाइ मधेस सरकारले पाँच लाख सहयोग गर्ने

MadhesKhabar

जिल्ला प्रहरी कार्यालयमा राखियो भोजपुरी भाषामा नागरिक वडापत्र

MadhesKhabar

Leave a Comment