Madhes Khabar
खेलकुद

पर्सा क्रिकेट लिगको उपाधि नेशनल इन्फोटेक क्लबलाई

मधेसखबर
वीरगन्ज,९ फागुन : वीरगन्जमा आयोजित पर्सा क्रिकेट लिग २०७९ को उपाधि नेशनल इन्फोटेक क्लबले जितेको छ ।मंगलबार वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा युनाइटेड क्रिकेट क्लब मुर्ली वीरगन्जलाई ३ विकेटले हराउदै नेशनल इन्फोटेकले उपाधि जितेको हो ।

टस जितेर पहिले व्याटिंग गरेको युनाइटेड क्रिकेट क्लब मुर्लीले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो ।
१४७ रनको लक्ष्य नेशनल इन्फोटेकले पुरा २० ओभर खैेल्दै ७ विकेटको क्षतिमा पुरा गरेकोे हो ।

वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा पर्सा क्रिकेट संघले फागुन २ गते देखि आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमलाई ट्रफी र मेडल प्रदान गर्दै पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादवले स्थानीय खेलाडीका प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिता आयोजनालाई निरन्तरता दिन वीरगन्ज महानगरलार्य आग्रह गरे ।

पर्सा जिल्लामा खेलकुदको विकासलाई लिएर आफु गम्भीर र सदनमा पटक पटक आवाज पनि उठाउँदै आएको उननले बताए । जिल्लामा खेलकुदको विकासका लागि थप पूर्वाधार निर्माण र खेलाडीहरुमा लगानी बढाउँदै उनीहरूको विकासका लागि आफु निरन्तर लागि रहने प्रतिबद्धता पनि उनले जनाए ।

Related posts

क्रिकेट प्रशिक्षक देसाईकाे मासिक तलब १५ लाख ८४ हजार

MadhesKhabar

जीतपुरसिमरा गोल्डकपकाे उद्घाटन खेलमा वीरगन्जले आर्मीकाे सामना गर्ने

MadhesKhabar

वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा

MadhesKhabar

Leave a Comment