Madhes Khabar
खेलकुद

पर्सा क्रिकेट लिगको उपाधि नेशनल इन्फोटेक क्लबलाई

मधेसखबर
वीरगन्ज,९ फागुन : वीरगन्जमा आयोजित पर्सा क्रिकेट लिग २०७९ को उपाधि नेशनल इन्फोटेक क्लबले जितेको छ ।मंगलबार वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा युनाइटेड क्रिकेट क्लब मुर्ली वीरगन्जलाई ३ विकेटले हराउदै नेशनल इन्फोटेकले उपाधि जितेको हो ।

टस जितेर पहिले व्याटिंग गरेको युनाइटेड क्रिकेट क्लब मुर्लीले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो ।
१४७ रनको लक्ष्य नेशनल इन्फोटेकले पुरा २० ओभर खैेल्दै ७ विकेटको क्षतिमा पुरा गरेकोे हो ।

वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा पर्सा क्रिकेट संघले फागुन २ गते देखि आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमलाई ट्रफी र मेडल प्रदान गर्दै पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादवले स्थानीय खेलाडीका प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिता आयोजनालाई निरन्तरता दिन वीरगन्ज महानगरलार्य आग्रह गरे ।

पर्सा जिल्लामा खेलकुदको विकासलाई लिएर आफु गम्भीर र सदनमा पटक पटक आवाज पनि उठाउँदै आएको उननले बताए । जिल्लामा खेलकुदको विकासका लागि थप पूर्वाधार निर्माण र खेलाडीहरुमा लगानी बढाउँदै उनीहरूको विकासका लागि आफु निरन्तर लागि रहने प्रतिबद्धता पनि उनले जनाए ।

Related posts

वीरगन्जमा एनआई कप क्रिकेट सुरु : ग्लोबल र सेन्ट जेभियर्स कलेजको जीत

MadhesKhabar

टी–२० विश्पकप : नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

MadhesKhabar

आईपीएल क्रिकेटमा दिल्लीको पहिलाे जीत,चेन्नई २० रनले पराजित

MadhesKhabar

Leave a Comment