Madhes Khabar
समाज हेडलाइन

मानव सेवा आश्रमद्धारा वीरगन्जको सडकबाट एक युवकको उद्धार

मधेसखबर
वीरगन्ज,८फागुन : वीरगन्जको सडकमा कष्टकर जीवन व्यतित गरिरेहका एक युवकलाई मानव सेवा आश्रमले उद्धार गरेको छ ।
वीरगन्जको मुर्ली चोक स्थित ढलको छेउमा लामो समय देखि बस्दै आएका मानसिक अवस्था कमजोर भएका अन्दाजी ३५ वर्षिय युवकलाई आश्रमले आइतबार राति उद्धार गरेको हो ।

फोहोर ढलकै छेउमा अत्यन्त कष्टपूर्ण अवस्थामा बस्दै आएका ती युवकलाई आश्रमको टोलीले सामाजिक अभियन्ता र प्रहरीको सहयोग राति उद्धार गरि आश्रममै लगेर राखेको छ ।उद्धार गरिएका ती युवकको मानसिक अवस्था ठिक नरहेकाले उनले आफनो नाम वतन पनि बताउन नसकेको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले बताए ।

आइतबार राति सडकबाट उद्धार गरि आश्रममा राखिएका ती युवकको सोमबार बिहान कपाल दारी काट्नुका साथै नुहाइ दिएर सफासुग्घर पारिएको गुप्ताले जानकारी दिए ।अब आश्रममै स्वास्थ्यकर्मीको टोली बेलाएर उनको उपचार पनि सुरु गरिने भन्दै गुप्ताले भने ,‘ स्वास्थ्य र मानसिक अवस्था ठिक भएपछि उनको परिवारको सोधिखोजी गर्नेछौं , त्यसपछि पारिवारिक पुर्नमिलन गराइ दिनेछौ ।

यसअघि गत सोमबार भ्यालेनटाइन डे का दिन पनि वीरगन्जमै रात्री गस्ती गरेर आश्रमको टोलीले खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका दुई जनाको उद्धार गरेको थियो । ती दुवै जनालाइ पनि आश्रमकै संरक्षणमा राखिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया छोटी भन्सार स्थित मानव सेवा आश्रममा हाल १ जना बालक, ३ जना बालिका, ७ जना पुरुष सहित ५२ जना आश्रित छन् ।

 

 

Related posts

ठाकुररामका महिला कर्मचारीलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

वीरगन्ज महानगरले ३ महिनामै उठायो १६ करोड २६ लाख राजस्व

MadhesKhabar

सखुवाप्रसौनीका अध्यक्ष यादवको अग्रसरतामा कक्षा ११ का छात्राहरुलाई साइकल वितरण

MadhesKhabar

Leave a Comment