Madhes Khabar
स्थानिय हेडलाइन

सर्वदलीय बैठकमा नेताहरुले भने : वीरगन्जकाे विकासका लागि हातेमालाे गर्न तयार छाैं

वीरगन्ज ,५फागुन :वीरगन्जकाे विकास र समृद्धिका लागि यहाका राजनीतिक दलहरूले वीरगन्ज महानगरपालिकासंग हातोमालो गरि अधि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीररगन्ज महानगरपालिकाले शुक्रबार बाेलाएकाे सर्वदलीय बैठकमा सहभागी दलका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । सर्वदलीय बैठकमा दलका नेताहरुले वीरगन्ज महानगरपालिकाले संचालन गरिरहेको विकास निर्माण कार्य तथा अगामी योजना प्रति सन्तोष व्यक्त गर्दै अगामी दिन विकास निर्माण र विभिन्न अभियानमा साथ र सहयोग गर्ने पनि बताए । उनिहरुले दलका सुझाव र सल्लाहलाई आत्मसात गर्न पनि महानगरका जनप्रतिनिधिहरुलाई सुझाए ।

बैठकमा मेयर राजेश मान सिंहले महानगरपालिकाले अहिलेसम्म गरेको र अगामी दिनमा गर्ने विकास निर्माण तथा विभिन्न अभियान बारे सविस्तार जानकारी गराउदै अगामी दिनमा राजनीतिक दलहरूको सुझावलाई आत्मसात गरी सहकार्य गरिने बताए ।

महानगरका उपमेयर ईम्तियाज आलमल्र वीरगन्ज महानगरपालिकाले राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर विकास निर्माण कार्य अघि बढाएको बताए ।

बैठकमा सहभागी विभिन्न दलको नेताहरूले केही जिज्ञासा र सुझाव राखेका थिए ।

बैठकमा नेपाली कांग्रेसका महानगर समिति सभापति मणिन्द्र लाल नेपाली र उप सभापति सन्तोष कुमार गुप्ता , नेकपा एमाले वीरगन्ज महानगर कमिटीका सचिव सुन्दर कुर्मी र प्रदीप चौरसिया , नेकपा माओवादी केन्द्रका वीररगन्ज महानगर कमिटी सचिव सुरेन्द्र गुप्ता , जसपाका वीरगन्ज महानगर कमिटी अध्यक्ष ईश्वर चन्द्र यादव , नेकपा एसका वीरगन्ज महानगर कमिटी अध्यक्ष मनोज कुमार चौधरी र सचिव बृज कुमार पासवान र जनमत पार्टीका उमा शंकर गुप्ताको सहभागी थिए।

Related posts

एमआरआई मेसिन चलाउन मासिक अढाई लाख भाडा तिर्दै नारायणी अस्पताल

MadhesKhabar

भलुवाही खाेलाबाट अवैध रुपमा गिट्टी-बालुवा उत्खनन गर्ने ट्रयाक्टर पक्राउ

MadhesKhabar

जेनजी आन्दोलनको स्वामित्व लिदैं सरकारले जेनजी अगुवासंग यी १० बुदाँमा ग-याे सम्झाैता ….

MadhesKhabar

Leave a Comment