
मधेसखबर
वीरगन्ज,२४माघ : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ ध्यानसिहं पिपरामा मंगलबार निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
मातृका आई फाउन्डेसनको प्राविधिक सहयोगमा नेपाल पिछडावर्ग (ओविसि) महासंघ पर्साले आयोजना गरेको निशुल्क शिविरमा १ सय ६७ जनाको आँखा परिक्षण गरिएको थियो । ती मध्ये ९० जनामा मोतियाविन्दुको समस्या देखिएको ओविसी पर्साका अध्यक्ष देवनाथ महतोले जानकारी दिए ।
शिविरमा मातृका आई फाउन्डेसनका डाक्टर मनोरञ्जन यादव, ईनद सिंह धामी लगायतको स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको आँखा परिक्षण गरेको कार्यक्रम संयोजक अकाश पटेलले जानकारी दिए ।
ओविसी पर्साका अध्यक्ष देवनाथ महतोको अध्यक्षतामा भएको शिविरमा ओविसि पर्साका सचिव निरज महतो, वीरगंज महानगर अध्यक्ष राजाबाबु साह, बदुदरमाई नगर अध्यक्ष सौरभ सिंह, सदस्य राहुल पटेल, गोबीनद चौधरी नुनीया, राज पटेल लगायतले सहयोग गरेका थिए ।

