Madhes Khabar
राष्ट्रिय हेडलाइन

राष्ट्रिय सभाकाे उपाध्यक्षमा पर्साकी उर्मिला अर्याल निर्विराेध निर्वाचित

काठमाडौं ,२३माघ : राष्ट्रिय सभाकाे उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकि छन् ।

साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो ।

हाल पर्साको वीरगन्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएकी अर्याल मधेस प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् ।

नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत भएकी थिइन् ।साभार:अनलाइनखबर

Related posts

निहारीका प्रकरण: आरोपित श्रेष्ठ पक्राउ

MadhesKhabar

पर्साका थारु बाहुल्य क्षेत्रहरुमा धुमधामका साथ मनाइयाे `माघी पर्व तथा थारु संवत नयाँ वर्ष २६५०´

MadhesKhabar

राष्ट्रिय धान दिवस: जगरनाथपुरमा किसानलाई प्रोत्साहित गर्न नगदसहित सम्मान

MadhesKhabar

Leave a Comment