Madhes Khabar
स्थानिय

पर्सामा शान्ति सुरक्षा र अमचयनमा कुनै कसर बाँकी नराख्ने प्रजिअ रेग्मीकाे प्रतिबद्धता

मधेसखबर
वीरगन्ज ,१९ माघ : पर्सामा हालै सरुवाभइ आएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको परिचय एंव भेटघाट कार्यक्रममा बाेल्दै प्रजिअ रेग्मीले यस्ताे बताएका हुन् ।वीरगन्ज देशकै आर्थिक नगर भएकोले पनि यसको महत्व र संवेदनशीलतालाई मध्यनजर गर्दै त्यही अनुरुप जिल्लाको सुरक्षा व्यवस्था मिलाउने उनले बताए ।

पर्सा जिल्लाका सरकारी कार्यालयका सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाएर सुशासनको प्रत्याभूति दिलाउने , जिल्लाको शान्ति सुरक्षा, सिमावर्ती लगायतका क्षेत्रहरुमा गैरकानूनी आर्थिक क्रियाकलापको नियन्त्रण तथा विकास निर्माणको क्षेत्रमा भइरहेको ढिलाई न्यून गरेर विकास निर्माणको काम तिव्र रुपमा अघि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिने रेग्मीले बताए ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगन्ज क्षेत्रको आर्थिक महत्व र सम्भावनाका बारेमा जानकारी गराउदै यस क्षेत्रका चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याका बारेमा चर्चा गरे ।

उनले वीरगन्ज लगायतका क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सिमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने बताउँदै वीरगन्जमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने लगायतका सम्बन्धमा प्रजिअ रेग्मीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा संका पूर्व अध्यक्ष अशोक बैद्य, उपाध्यक्ष माधव राजपाल, कार्यसमिति सदस्य शिवजी प्रसाद कलवार, निरज अग्रवाल, मुर्लीधर जलानले आ–आफ्ना धारणा राखेका थिए ।

संका उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण संका महासचिव मनोज दासले गरेका थिए ।

Related posts

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

MadhesKhabar

पर्साका सबै पालिकाहरुमा पहिलो दिन न्युन उम्मेदवारी दर्ता

MadhesKhabar

मधेसका महिला र सिमान्तकृत समुदायलाई लक्षित गरी सञ्चालित ७ महिने फेलाेसिप सम्पन्न

MadhesKhabar

Leave a Comment