Madhes Khabar
मनोरञ्जन

‘पठान’लाई नेपालमा पहिलो साता ६ करोड

काठमाडौं,१८ माघ : शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

गत बुधबार रिलिज भएको फिल्मलाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको थियो । पाँच दिनसम्मै लगातार करोडभन्दा बढीको कमाइ गरेको फिल्म हेर्न दर्शकको उपस्थिति लोभलाग्दो देखियो । सोमबार यताको विकडेजमा पनि फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ ।

नेपालमा शाहरुख खानको स्टारडमको लोभलाग्दो उपस्थिति दर्शकमाझ छ । हुन सक्छ, चार वर्षपछि रिलिज भएको यो फिल्मलाई लिएर आतुरता थियो । हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार ः द वे अफ वाटर’ रिलिज भएपछि सुनसान बनेका नेपाली हलमा पठानले दर्शकलाई तान्न सक्यो ।‘अवतार २’को कमाइ चाहिं नेपालमा झण्डै साढे ९ करोड रुपैयाँ क्रस छ ।साभारः अनलाइनखबर

Related posts

एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पठान’

MadhesKhabar

एसियाकै सर्वाधिक महँगो अभिनेता बने रजनीकान्त

MadhesKhabar

‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड

MadhesKhabar

Leave a Comment