Madhes Khabar
मनोरञ्जन

एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पठान’

काठमाडौं ,१३माघ: बलिउड फिल्म ‘पठान’ ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन विश्वव्यापी रूपमा १०६ करोड भारू कमाएको छ। उनले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्।

बिदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

बुधबार प्रदर्शन भएको फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको थियो। यो हिन्दी संस्करणको मात्रै कमाइ हो।

यसले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन ५३ करोड ९५ लाख भारू कमाएको थियो।

‘पठान’ले तमिल र तेलुगु संस्करणमा दुई-दुई करोड भारू कमाएको छ।

कलेक्सनको तुलनामा ‘पठान’ अहिले साउथ फिल्म ‘केजिएफ २’ र ‘आरआरआर’भन्दा पछाडि छ। तर हिन्दीमा फिल्ममा भने यसले अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाएको छ।

रमेश बालाका अनुसार पहिलो दिन विश्वभर १०० करोड कमाउने भारतीय फिल्म: बाहुबली २, २.०, कबाली, साहो, आरआरआर, केजीएफ २ र पठान छन्।

यसरी हेर्दा यो लिस्टमा अधिकांश फिल्म साउथका छन्। तर ‘पठान’ एक मात्र बलिउड फिल्म हो जसले १०० करोडभन्दा बढी ओपनिङ कमाइ गरेको छ।

घरेलु बक्स अफिसमा पहिलो दिन ५९ करोड कमाएको ‘पठान’ को व्यापार दुई दिनमा करिब १२७ करोड पुगेको छ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘पठान’मा शाहरूख खान र दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका छ भने फिल्ममा सलमान खान केमियो भूमिकामा छन्। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्।

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।साभार:सेताेपाटी

Related posts

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

MadhesKhabar

वीरगन्जमा चलचित्र पत्रकार संघ पर्साको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सूर्य विक चयन

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment