Madhes Khabar
शिक्षा

ठाेरीमा बिजयवस्ती क्याम्पसको उद्घाटन

वीरगन्ज ,१२ माघ :पर्साकाे ठाेरी गाँउपालिका स्थित बिजयबस्ती क्याम्पसको बिहीबार उद्घाटन गरिएको छ । ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले ताम्रापत्र अनावरण गरी रिवन काटेर क्याम्पसकाे उद्घाटन उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफुले रुखको ठुटामा बसेर पढ्दै सुरुवातका बर्षहरु कटाएको बिजयबस्ती स्कुलमा आज आफैंले क्याम्पसकाे उद्घाटन गर्न पाउनु गर्वको बिषय रहेको बताए। उनले क्याम्पसलाई आवश्यक सहयोग गर्न ठोरी गाउँपालिका तयार रहेको पनि बताए ।

ठाेरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले ठोरी गाउँपालिका भित्र स्नातक तहमा पढ्न पाउनु गर्वको बिषय भएको बताउदै क्याम्पसले जिम्मेवारी दिए आफुले निशुल्क रुपमा एउटा बिषय अध्यापन गर्न तयार रहेको बताइन् ।

नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले आफ्नो ठाउँबाट क्याम्पसका लागि सक्दो सहयोग गर्ने बताउदै स्थानीय तहका जनप्रतिनिधिहरुको क्याम्पसलाई स्थापित गर्ने ऐतिहासिक अवसर रहेकाले उक्त अवसरको सदुपयोग गर्न सुझाव दिए ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समाराेहमा क्यम्पस स्थापना गर्न २०६९ सालदेखि अहोरात्र लागेकाका संस्थापक क्याम्पस प्रमुख सन्तोष श्रेष्ठलाई दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।

निर्वतमान क्याम्पस प्रमुख गोपीलाल श्रेष्ठले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा ठोरी गाँउपालिकाका पुर्व अध्यक्ष पदमलाल श्रेष्ठ, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, वडाध्यक्ष, राजनीतिक दलका अगुवा , विभिन्न बिद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजिवी, विद्यार्थी एवं गाउँवासीको सहभागीता थियो ।

ज्ञानज्योती माबिका शिक्षक माधव तिमिल्सिनाले सहजीकरण गरेको कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

Related posts

ठाकुरराम क्याम्पसमा अनेरास्ववियुद्वारा वृक्षारोपण

MadhesKhabar

पटेर्वा सुगौलीका विद्यालयहरुमा सरस्वती पूजाको खर्चका लागि बन्द गरियो दिवा खाजा कार्यक्रम

MadhesKhabar

सिमरा कलेजमा प्रदर्शन गर्ने ठाकुरराम क्याम्पसका ७ विधार्थी नेता प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment