मधेसखबर
वीरगन्ज ,१०माघ : राष्ट्रिय वाणिज्य बैंककाे ५८ औं बार्षिक उत्सवकाे अवसरमा वीरगन्जमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएकाे छ ।बैंककाे मधेस प्रादेशिक कार्यालय वीरगन्जले रक्तदान सहितकाे विभिन्न कार्यक्रमकाे आयाेजना गरि सत्ताव्यापी रुपमा बार्षिक उत्सव मनाएकाे हाे ।
बार्षिक उत्सवकाे अवसरमा आयाेजित सप्ताहव्यापी कार्यक्रमकाे अन्तिम दिन मंगलबार बैंकले वीरगन्जकाे मानव सेवा आश्रममा रहेकाहरुलाई खाना खुवाउनुकाे साथै बैंककाे प्रादेशिक कार्यालय आदर्शनगरमा समापन समाराेहकाे आयाेजना गरिएकाे बैंकका आलाेक कर्णले जानकारी दिए ।
बैंकका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंककाे शाखा कार्यालय आदर्शनगर, श्रीपुर र प्रादेशिक कार्यालय वीरगन्जका कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे ।
बैंककाे आफ्नै सभा हलमा मंगलबार आयाेजित कार्यक्रममा पूर्व कर्मचारी र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएकाे कर्णले वताए ।
यस्तै बैंकले बार्षिक उत्सवकाे अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद लगायतकाे कार्यक्रम पनि गरिएकाे बैंकका कर्मचारी राहुल ओझाले वताए ।